बागमती प्रदेशको राजधानी हेटौंडामा हुन लागेको १० औं राष्ट्रिय औद्योगिक व्यापार मेलाको कपडा व्यवसायीहरुले केही कार्यको बिरोध गरेका छन् ।

मकवानपुर उद्योग वाणिज्य संघले गर्न लागेको मेलाको विषयमा के भन्छन् त?

कपडा व्यवसायीहरुले “मकवानपुर उद्योग वाणिज्य संघ होसियार,  व्यापार मेला चाहिदैन, व्यापारी मार्न पाइदैन,”  भन्दै व्यवसायीहरुले  नारा लगाएका थिए ।

मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा आगामी माघ ११ गतेदेखि २३ गतेसम्म संचालन हुने व्यापार मेलाका केही कार्यको बिरोध गरिएको व्यवसायीहरुले बताए ।
मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा आगामी माघ ११ गतेदेखि २३ गतेसम्म व्यापार मेला संचालन हुने उद्योग वाणिज्य संघले जनाएको छ ।