यही आउँदो पुस २२ गतेदेखि नेपाली चलचित्र “चि मुसी चि” इभन डेड डिजायर बिलङ्गिङ – प्रर्दशन हुने भएको छ ।
पुस १५ गते प्रदर्शन हुने भनिएको चलचित्रलाई पोस्टर सार्वजनिक गरिएसंगै प्रर्दशन मिति एक साता पछि सारेर पुस २२ गतेदेखि प्रर्दशन गरिने जानकारी दिइएको हो।
उक्त चलचित्रको ट्रेलर र पहिलो गीत समेत सार्वजनिक भइसकेको छ।
नेपालमा पनि हरर तथा थ्रिलर जनराको नयाँ ट्रेन्ड बसाउने सोच सहित भारतमा घटेको एक सत्य घटनामाथि निर्माण भएको रदर्शकहरुको चाहनालाई नै मध्यनजर गर्दै निर्माण गरिएको बताए ।यसअघि सार्वजनिक ट्रेलरले एउटा बच्चीलाई बलि दिएको कथाको सेरोफेराको हुनसक्ने र ट्रेलर अनुसार अदृश्य शक्तिले तर्साइरहेको ट्रेलरले बुझाउँछ भने ‘चि मुसी चि’ले दर्शकहरुलाई निराश नपार्ने निर्माण टोलीले बताइरहेका छन् ।
चलचित्र चि मुसी हेरेर दर्शकले केही फरक र नयाँपनको महसुस हुने विश्वास रहेको बताएका हुन् ।
मार्ना जेम्स र यश सैनीको संयुक्त निर्देशित चलचित्रमा अरुण चक्रवर्ती, रिञ्जु केसीको लगानी रहेको छ भने सुशन प्रजापतिले छायांकन गरेका हुन् ।
फिल्मलाई यश सैनीले सम्पादन गरेका छन्।
एमी स्टुडिओ प्रोडक्सनको ब्यानरमा निर्माण भएको नेपाली चलचित्रमा प्रियंका कार्की, ऋचा शर्मा, बेनिशा हमाल, आयुष्मान देशराज जोशी, राजन खतिवडा, रविन्द्र झा,आरपी पोखरेल, अरुण चक्रवर्ती, गौरव विष्ट लगायत कलाकारहरुको अभिनय छ।
गौरवले यही चलचित्रबाटअभिनयमा डेब्यू गरेका हुन् ।














प्रतिक्रिया दिनुहोस्