नेपाल मानव अधिकार संगठन मकवानपुरले ७४ औं अन्तराष्ट्रिय मानव अधिकार दिवस २०७९ को अवसरमा दिप प्रज्वलन कार्यक्रम गरेको छ।
लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान संगै लैंगिक हिंसा न्यूनीकरणमा सबैको अहम भूमिकाहुनुपर्ने उल्लेख गर्दै सभ्य समाजको पहिचान लैंगिक हिंसा विरुद्धको अभियानको नारा सहित ७४ औं अन्तराष्ट्रिय मानव अधिाकार दिवसको अवसरमा दिप प्रज्वलन गरिएको हो ।


संगठन मकवानपुरको सभापती सर्मिला श्रेष्ठको नेतृत्वमा दिप प्रज्वलन गरिएको हो ।
उक्त कार्यक्रममा सचेत नागरिक युवा समुहका अध्यक्ष शिवनारायण श्रेष्ठ, रिकभरिंग नेपाल महासंघ बागमती प्रदेश समितीका सन्दिप शाक्य, रिकभरिंगका प्रतिनिधिहरु, मानव अधिकार संगठनका सदस्यहरु, अधिकारकर्मी, अधिवक्ता, संचारकर्मी लयायतको उपस्थिति रहेको थियो ।














प्रतिक्रिया दिनुहोस्