बागमती प्रदेश हेटौँडाका संचारकर्मी रोशन  दिपले भाइगीरी सूर्या एक जंग नामक हिन्दि  भिडियो  तयार गरेका छन् ।

 

दिप समेतको अभिनय रहेको गुण्डागर्दी र दादागीरीको   विषयवस्तु समेटेर तयार गरिएको भिडियो  युट्युव च्यानल निगरानी अनलाइन टिभिमा सार्वजनिक गरिएको छ ।

सार्वजनिक गरिएको भिडियोमा गितको अन्तरा र एक्शनलाई देखाइएको छ ।

भिडियोमा दिप संगै मान्सी श्रेष्ठ, विजय क्षेत्री, सर्फराज आलम, सुरज सोहनी, सुन्दर तामाङ, आक्रोश तामाङ्ग, छन्।

गितमा नृत्य गर्दै दिपलाई ताराले साथ दिएकी छिन् ।

साथमा  रोहित थापा  र मिलन तामाङको पनि छोटो अभिनय छ।

दिपले एक्शन कोर्योग्राफी, डाइरेक्शन र अभिनय समेत गरेका छन् ।

गायक बिदुर हुमागाईको आवाज  शेखर दाहालको शब्द रहेको  भिडियोमा कथा, निर्देशन, एक्सन कोर्योग्राफी, सम्पादन, मिश्रण दिपले गरेका छन् ।

भिडियोमा यसको पुरा गित र कथालाई पुनः दोस्रो भागमा देखाईने दिपले बताएका छन् ।

दिप भन्छन्  ” हाल भारतको गुजरातमा रहनुभएका शेखर दाहाल सर मार्फत गित सुन्न साथ गित मांगें । शेखर सरले गित दिनु भयो । सहमतीमै भिडियो निमार्णमा लागें । यसमा गल्तीहरु होलान् । यसमा भएका कमी कमजोरी सुधार्न  सल्लाह सुभाव दिनुहुन्छ भन्ने विश्वास पनि छ । ताकी मैले पुनः भाइगीरी २ लिएर आउने मार्ग दर्शन बनोस् । निमार्ण पक्षमा साथ दिनुहुने शेखर दाहाल, बिदुर हुमागाई, गिता कार्की र लाल रत्न मिडिया प्रा.लि. प्रति आभारी छु । धन्यवाद दिन चाहान्छु निगरानी अनलाइन डटकम तथा  युट्युव च्यनल  निगरानी अनलाइन टिभिका सञ्चालक आर्दश थोकर ज्युलाई पनि ।”