बडा दशैंको अवसरमा प्रेस सेन्टर नेपाल मनहरी गाउँ कमिटीद्धारा आयोजित मैत्रीपुर्ण फुटबल खेलमा जनप्रतिनिधिको टिम विजयी भएको छ ।
मनहरी गाउँपालिका स्थित ७ रमौलीमा रहेको प्रस्तावित क्षेत्रीय मदन भण्डारी रंगशालामा पश्चिम मकवानपुरका पत्रकार र मनहरीका जनप्रतिनिधि विच भएको मैत्रिपुर्ण फुटबल खेलमा पत्रकारको टिमलाई पराजित गर्दै जनप्रतिनिधिको टिम विजयी भएको हो ।
पत्रकारको टिम ७ – ० गोल अन्तरले पराजित भए ।
जनप्रतिनिधिको तर्फबाट मनहरी गाँउपालिका अध्यक्ष रन्जन कालाखेली, वडा अध्यक्षद्वय राजकुमार पाख्रिन र प्रकाश थापाले गोल गरेका थिए ।
विजयी टिमलाई मेडल प्रदान गरिएकोे थियो भने दशैंलाई मध्यनजर गदै उपहार स्वरुप ४ किलोको लोकल कुखुरा भाले प्रद्धान गरिएको थियो ।
मनहरीको परिचय बोकेको मदन भण्डारी रंगशालाको प्रचार प्रसारमा सहयोग पुर्याउने उद्धेश्य र फुटबल खेलको प्रबर्द्धन गर्न खेलको आयोजना गरिएको गरेको प्रेस सेन्टर नेपाल मनहरीका अध्यक्ष जयराम मुक्तानले बताए ।
उनले आयोजित खेलले पश्चिम मकवानपुरमा रहेका पत्रकार र मनहरीका जनप्रतिनिधिहरु विच मैत्रिभाव थप उत्पन्न हुने विश्वास रहेको बताए ।
कार्यक्रममा बागमती प्रदेशका निवर्तमान सांसद ओमबहादुर ग्लानको प्रमुख आतिथ्यता तथा प्रेस सेन्टर मनहरीका अध्यक्ष जयराम मुक्तानको सभाध्यक्षातामा भएको थियो ।
कार्यक्रममा मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेति, उपाध्यक्ष सीता पुलामी मगर, वडाध्यक्षहरु दीपेन्द्र अधिकारी, प्रकाश थापा, राजकुमार पाख्रिन, नारायण उप्रेती, नेकपा माओवादी केन्द्र बागमती प्रदेशका सचिवालय सदस्य बिर बहादुर घलान ज्वाला, प्रेस सेन्टर मकवानपुर अध्यक्ष अञ्जली थापा, समाजवादी प्रेस संगठनका केन्द्रिय सदस्य शिवकुमार काशी, तामाङ पत्रकार संघका केन्द्रिय सदस्य आदर्श सिं थोकर, माओवादी केन्द्र मनहरीमा उपाध्यक्ष दिल बहादुर स्याङबो, नेपाली कांग्रेस मनहरीका सभापति प्रकाश बर्तौला लगायतको उपस्थिति रहेको थियो ।














प्रतिक्रिया दिनुहोस्