नेपाली फिल्मको ५७ वर्षे इतिहास मै पहिलोपटक नेपाली चलचित्र चलचित्र ‘प्रेम गीत ३’ नेपालसँगै भारतमा प्रदर्शन भएको छ ।
‘प्रेम गीत ३’ हिन्दी भाषामा समेत डब गरिएर भारतमा समेत प्रदर्शनको मौका पाएपछि नेपाली चलचित्रले पहिचानको निकै आसा बोकेको छ ।
असोज ७ गते नेपालसँगै भारतमा प्रदर्शन हुने भनिएको नेपाली चलचित्रमा हलिउड देखि साउथ मुभिमा हिन्दी भाषमा स्वर दिइरहेका चर्चित डबिङ्ग आर्टिसहरुले स्वर दिएको चलचित्र देशैभरि प्रर्दशनमा आएको हो ।
नेपालमा भने सोमबार देखि हिन्दी भाषमा डब गरिएको चलचित्र प्रर्दशन भएको संगै हेटौडाको एनएस सिनेमा हलमा पनि प्रर्दशन भएको छ ।
सोमबारनै प्रेम गीत –३’ को कालाकार सहितको टोली एनएस सिनेमा हलमा आएका थिए ।
चलचित्रका निर्देशक सन्तोष सेन अभिनेता प्रदिप खड्का, नायिका कृष्टिना गुरुङ सहित टोलीनै आएका हुन् ।
केहि समय दर्शकसँगै बसेर चलचित्र समेत हेरेको थिए ।
सोमबारदेखिनै प्रर्दशन भएको हिन्दी भाष र नेपाली भाषा दुबैलाई दर्शकहरुले अत्याधिक मनपराएको एनएस सिनेमाका सञ्चालक कैलाश ढकालले बताए ।














प्रतिक्रिया दिनुहोस्