मकवानपुरले थप मिस मकवानपुर पाएको छ ।
कलिउड सुपर डान्स एण्ड फिटनेस प्रा.लिको आयोजनामा सोमबार राती सम्पन्न मिस मकवानपुर सिजन ४ बाट मकवानपुरले थप मिस मकवानपुर प्राप्त गरेको हो ।
१५ जना प्रतिस्पर्धीलाई उछन्दै उत्कृष्ट दश हुदैं उत्कृष्ट पाँचमा परेर हेटौंडाकी एलिशा पराजुली मिस मकवानपुर सिजन ४ को विजेता बन्न सफल भएकी हुन् । विजेता बन्दै उनले ताज सहित सत्तरी हजार नगद सहित डाइन एण्ड वाईन रेष्टुरेन्टमा रात्रिभोजको व्यवस्था, फोटो सुट, कुनै पनि विधामा आयोजक कम्पनीमा निशुल्क प्रशिक्षणको व्यवस्था, तीन दिनको आन्तरिक भ्रमणको प्याकेज, निशुल्क दक्ष मेकप ट्रेनिङ लगायत आकर्षक पुरस्कारहरु प्राप्त गरेकी छिन् ।
प्रतियोगितामा मिस मकवानपुरको फस्ट रनरफ सारम्सा पाण्डे भएकी छिन् । उनले ताज सहित ३५ हजार नगद, फोटो सुट, तीन दिनको आन्तरिक भ्रमण प्याकेज सहित आकर्षक पुरस्कारहरु प्राप्त गरेकी छन् ।
प्रतियोगितामा सेकेन्ड रनरफ भने प्रजिता मैनाली भएकी छिन् ।
उनले ताज सहित २० हजार नगद, फोटो सुट, तीन दिनको आन्तरिक भ्रमण प्याकेज र आकर्षक पुरस्कारहरु प्राप्त गरेकी छिन् । प्रतियोगितामा मकवानपुरका १५ जनाले प्रतिस्पर्धा गरेका थिए ।
मिस नेपाल अर्थ २०२० की सुप्रिया श्रेष्ठ प्रमुख निर्णायकका रहेकी थिइन् भने मोडल तथा नायक अमिर गौतम, पंकज सिंह ठकुरी र एन्जिला श्रेष्ठले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।
प्रतियोगितामा भ्युवर च्वाईस टाइटल सारम्सा पाण्डेले हात पारेकी छिन् ।
त्यस्तै, कोरियोग्राफर च्वाईस टाइटल आस्का कार्कीले हात पारिन् ।
प्रतियोगितामा अर्गनाइजर च्वाईस भने रितिका दुलालले हात पारिन् । प्रतियोगिताको मुख्य प्रायोजक नेपाली उत्पादन क्यालिवर्स सुज रहेको थियो । सह प्रायोजकको रुपमा भने सिस्टरहुड फेसन स्टोर्स रहेको थियो ।
प्रतियोगितामा डाइन एण्ड वाइन, एनएस सिनेमाको सहकार्यमा एजुकेसन पार्टनर राइट पथ, हस्पिटालिटी पार्टनर होटल सामना र बैकिंङ पार्टनरमा मेगा बैंक रहेको आयोजक कम्पनीका निर्देशक सुजन श्रेष्ठले बताए ।
उनले सौन्र्दय प्रतियोगिताले आफ्नो प्रतिभा देखाउने र यस क्षेत्रमा थप योगदान पुग्ने हिसाबले कार्यक्रमको आयोजना गरिएको श्रेष्ठले बताए ।
सिजन ४ को कार्यक्रम संयोजक सिजन ३ का विजेता सिमा योन्जन रहेकी थिइन् भने फेसन कोरियोग्राफर सोफिया फागो रहेकी थिइन् ।














प्रतिक्रिया दिनुहोस्