हेटौंडा उपमहानगर १० बसपार्क स्थित एक होटलमा किशोरीहरुलाई यौन धन्दामा लगाएको आरोपमा एक महिला पक्राउ परकी छन् ।
केही समय अघि सामजिक सञ्जाल र भिडियो मार्फत आफुले निकै संघर्ष गरेको अभिव्यक्ती दिएकी थिइन् ।
यौनधन्दा गराएको आरोपमा होटल संचालक समेत रहेकी ४० वर्षीय उनै महिला नै पक्राउ परेकी हुन् ।
मकवानपुर मनहरी गाउँपालिकाकी १९ वर्षीया एक किशोरीलाई भाडा माझ्ने काममा लगाइदिन्छु भनि ल्याएपनि यौनधन्दा गराएको भन्दै उजुरी दिएपछि प्रहरीले पक्राउ गरेको हो ।
आफु भाइरल महिला भएको भन्दै किशोरीहरुलाई माया ममता दिएर पछि फसाउने गरेको महिलामाथि आरोप छ ।
उक्त होटलबाट अन्यको पनि उद्दार गरिएको बुझिएको छ ।
हाल पक्राउ परेकी महिला प्रहरी नियन्त्रमा छिन् भने अदालतबाट म्याद थप गरी प्रहरीले अनुसन्धान गरिरहेको छ ।















प्रतिक्रिया दिनुहोस्