कलिउड सुपर डान्स एण्ड फिटनेस प्रा.लि.को आयोजनामा मिस मकवानपुर सिजन ४ सौन्दर्य प्रतियोगिता हुने भएको छ ।
बुधबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी पुरा भएको जानकारी गराएको हो ।
कार्यक्रमबारे जानकारी दिदैं प्रतियोगिताका कोरियोग्राफर सोफिया फागोले असोज ३ गते सोमबार प्रतियोगिताको ग्राण्ड फिनाले गरिने बताइएकी छिन् ।
हेटौंडा ४ नारायणी मलमा रहेको डाइन एण्ड वाईन रेष्टुरेन्टमा रात्रिभोजको व्यवस्था, फोटो सुट, कुनै पनि विधामा आयोजक कम्पनीमा निःशुल्क प्रशिक्षणको व्यवस्था, तीन दिनको आन्तरिक भ्रमणको प्याकेज, निःशुल्क दक्ष मेकप ट्रेनिङ लगायत आकर्षक पुरस्कारहरु प्राप्त गर्ने जनाइएको छ ।
प्रतियोगितामा विजेताले नगद सत्तरी हजार र ताजको भागीदार हुने
त्यस्तै, फस्ट रनरफले ताज, ३५ हजार नगद, फोटो सुट, तीन दिनको आन्तरिक भ्रमण प्याकेज सहित आकर्षक पुरस्कारहरु प्राप्त गर्नेबताइन् ।
त्यस्तै सेकेन्ड रनरफले ताज, २० हजार नगद, फोटो सुट, तीन दिनको आन्तरिक भ्रमण प्याकेज र आकर्षक पुरस्कारहरु प्राप्त गर्ने जानकरी दिइन् ।
नेपाली उत्पादन क्यालिवर्स सुज उक्त प्रतियोगिताको मुख्य प्रायोजक र सह प्रायोजकमा सिस्टरहुड फेसन स्टोर्स रहेको आयोजक कम्पनीका प्रमुख सुजन श्रेष्ठले बताए।
प्रतियोगितामा डाइन एण्ड वाइन, एनएस सिनेमाको सहकार्यमा एजुकेसन पार्टनरको रुपमा राइट पथ रहेको, हस्पिटालिटी पार्टनर होटल सामना र बैकिंङ पार्टनरमा ज्योति विकास बैंक रहेको श्रेष्ठले बताएका छन् ।
श्रेष्ठले बताए अनुसार प्रतियोगितामा मकवानपुरका १५ जनाले प्रतिस्पर्धा गर्ने र मिस नेपाल अर्थ २०२० की सुप्रिया श्रेष्ठ, मोडल पंकज सिंह ठकुरी र एन्जिला श्रेष्ठ निर्णायकको भूमिकामा छिन् ।














प्रतिक्रिया दिनुहोस्