रोशन दिप – हेटौँडा उपमहानगर वडा नंबर ९ निवासी “बारिसा क्षेत्री” नामक एक बालिकालाई साउथ फिल्म इंडस्ट्री की चर्चित अभिनेत्री “रश्मिका मन्दाना”ले भेट्ने इच्छा व्यक्त गरेकि छिन् ।

अभिनेत्रीले बुधबार सामाजिक सञ्जालमा फिल्म “पुष्पा द राइज”को सामी बोलको गितमा नाच्दै गरेकी नेपाली बालिकाको भिडियो सेयर गर्दै बालिका सँग भेट्ने इच्छा व्यक्त गरेकी हुन् ।

हेटौँडाको रसल एकेडेमीमा अध्ययनरत उक्त बालिकाको विधालयको एक कार्यक्रममा साथिहरुसँग नाच्दै गरेको भिडियो सोहि विद्यालयका एक शिक्षिकाले अपलोड गरेपछि टिकटक लगाएत सामाजिक सञ्जालमा भाइरल भएको हो ।

उक्त भाइरल भिडीयो हेरेपछि अभिनेत्री रश्मिका मन्दानाले भिडियो सेयर गर्दै भेटने इच्छा ब्यक्त गरेकी हुन् ।