Rato Samachar
Mon, 20 April, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
मधेश प्रदेश राजनीति राष्ट्रिय समाचार

प्रदेशमा फरेन्सिक ल्याब स्थापना गरिने : गृह तथासञ्चारमन्त्री साह

  • मधेस प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले अपराध अनुसन्धानका लागि प्रदेशमा फरेन्सिक ल्याब स्थापना गरिने बताउनुभएको छ । मधेस प्रदेश प्रहरी कार्यालयद्वारा जनकपुरधाममा सुरु भएको प्रदेशस्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठीमा उहाँले अपराध अनुसन्धानलाई अझ बढी वैज्ञानिक र भरपर्दाे बनाउन प्रदेशमा फरेन्सिक ल्याब स्थापना गरिने बताउनुभयो । प्रदेश सरकारको नीति तथा कार्यक्रममा फरेन्सिक ल्याब निर्माण गर्ने निश्चित गरिसकेकोले सरोकारवालासँग आवश्यक परामर्श गरेर ल्याब स्थापनाको काम अघि बढाउने बताउँदै मन्त्री साहले ल्याब स्थापनापश्चात् अपराध अनुसन्धान प्रक्रियामा अझ नयाँपन आउने बताउनुभयो । प्रविधिमैत्री अनुसन्धान प्रक्रिया अघि बढाउन आग्रह गर्दै उहाँले त्यसका लागि प्रदेश सरकारले आफूसँग भएको स्रोतसाधन लगानी गर्न प्रतिबद्ध रहेको बताउनुभयो । साइबर क्राइम र लागुऔषध मधेस प्रदेशका लागि प्रमुख चुनौती रहेको उल्लेख गर्दै उहाँले साइबर क्राइम र लागुऔषध नियन्त्रणका लागि ठोस् नीति अङ्गिकार गर्नुपर्ने बताउनुभयो । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सुरक्षाकर्मीलाई निर्देशन दिँदै उहाँले यसका लागि प्रदेश सरकार सहयोग गर्न तयार रहेको बताउनुभयो । कार्यक्रममा नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले अन्य प्रदेशको तुलनामा मधेश प्रदेशका जिल्लामा जघन्य अपराध, तस्करी र साइबर अपराधको घटना प्रमुख समस्याका रूपमा देखा परेको बताउनुभयो । साइबर अपराधको मुद्दा दर्ता गराउने ठाउँ काठमाडौँमा मात्र भएकाले सेवाग्राहीलाई सास्ती भइरहेको भन्दै उहाँले प्रदेशस्तरमा पनि साइबर अपराधको मुद्दा दर्ता र मुद्दा हेर्ने विशेष इजलास गठन गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अक्तिरिक्त महानिरीक्षक उत्तमराज सुवेदीले करिब ८० प्रतिशत अपराधका घटना चिनेजानेका र आफन्तबाट हुने गरेको देखिएको बताउनुभयो । उहाँले अपराधको प्रकृति र प्रविधिमा आएको परिवर्तनले अपराध अनुसन्धानमा चुनौती थपिएको उल्लेख गर्दै परम्परागत अपराध अनुसन्धान पद्धतिबाटमाथि उठ्नुपर्ने आवश्यकता औँल्याउनुभयो । मधेस प्रदेशका जिल्लामा अपराध अनुसन्धान अवस्था र सुधार गर्न सकिने पक्षका बारेमा छलफल गरी ठोस र साझा एजेण्डा तय गर्ने उद्देश्यले आयोजित गोष्ठीमा प्रदेशका आठ वटै जिल्लास्थित नेपाल प्रहरीका प्रहरी अधिकृतहरुको सहभागिता थियो ।रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

चिन्तनको मोडमा गए नेपाली काँग्रेसको दायरा फराकिलो हुन्छः सभापति थापा

रातो समाचार संवाददाता

हेटौंडा -९ बाट राजगोमन सर्पको उद्धार

सुनचाँदी व्यवसायी संघको पद हस्तान्तरण

रातो समाचार संवाददाता

श्रम संस्कृति पार्टीले बनाइदियो घर जलेर नष्ट भएका राक्सिराङ्गका परिवारलाई नयाँ घर

रातो समाचार संवाददाता

बागमतीमा भेटियो किङ्ग कोब्रा, डेढ वर्षको अवधीमा झण्डै १० वटाको उद्दार

रातो समाचार संवाददाता

अस्मिर गोङ्गबाको उत्कृष्ट प्रदर्शनीमा हेटौंडा फुटबल एकेडेमी सूर्यनगर गोल्डकपको सेमीफाइनलमा

रातो समाचार संवाददाता

हेटौंडा कपडा उद्योगले सञ्चालनका लागि सरकारको बाटो कुरिरहेको छ :रास्वपा सांसद उप्रेती

रातो समाचार संवाददाता

६ लाख पुरस्कार राशिको सूर्यनगर गोल्डकप फुटबलमा हेटौंडा फुटबल एकेडेमी सहभागी हुने

आठौं संस्करणको राष्ट्रिय बागमती गोल्डकप फुटबल बैशाख १७ गतेबाट, विजेताले १० लाख रुपैयाँ पाउने

रातो समाचार संवाददाता

सरकारी स्वामिकत्वमा रहेका मिडियालाई मात्र सूचना तथा विज्ञापन दिने सरकारको नयाँ नीति प्रति मकवानपुरका पत्रकारहरु असन्तुष्टी, विज्ञापन नीतिमा समस्या भए नियमन गरेर लैजान सुझाव

रोहित थापा क्षेत्री

लोकप्रिय



भर्खरै

Uživatelské recenze: Klady a zápory aplikace Mostbet APK

Uživatelské recenze: Klady a zápory aplikace Mostbet APK

Uživatelské recenze: Klady a zápory aplikace Mostbet APK

चिन्तनको मोडमा गए नेपाली काँग्रेसको दायरा फराकिलो हुन्छः सभापति थापा

रातो समाचार संवाददाता

Mostbet Casino-da Canlı Bahis Araşdırması

Mostbet Casino-da Canlı Bahis Araşdırması

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 mail.ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology