Rato Samachar
Tue, 21 April, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
अन्तर्राष्ट्रिय समाचार समाज

सिंहका शिशुले गाजामा ल्याए खुशीयाली

युद्धले क्षतिग्रस्त गाजा सहरमा सिंहका नवजात शिशुले खुशीयाली ल्याएका छन् । यहाँको चिडिया घरमा दुर्लभ रमाइलो दृश्य देखेका सबैले युद्धले थोपरेको तनावबाट केही आनन्द महसुस गरेका छन् । शनिबार यहाँको चिडियाखानामा सिंहका तीनदिने तीनवटा शिशु प्रदर्शनीमा राखिएको थियो । नामा चिडियाखानामा शनिबार सिंहका छाउराको प्रदर्शनीले बालबालिकामात्र नभइ वयस्कहरू पनि आल्हादित भएका थिए । इजरायली विमानले बम वर्षा गरिरहँदा प्रसव वेदनाले छटपटाएकी सिंहीनीले यस पटक भने स्वस्थ शिशु जन्माइन् । यसअघि उनको गर्भपात भएको पशु चिकित्सक महमुद अल सुल्तानले बताए । कर्कश र चर्को आवाजबाट जङ्गली जनावरलाई तनाव हुने र पिँजरामा कैद उच्च गर्जन भएको जङ्गलको राजालाई मात्र होइन तारन्तारको बमबारीले अन्य जनावरलाई पनि जोखिममा पार्ने उनी बताउँछन् । इजरायलसँगको द्वन्द्वका कारण विगतमा यहाँका केही निजी चिडियाघरका पशु आहारा नपाएर मरेका थिए भने केही भने मानव–मानवबीचको झगडमा मारिएका थिए । पशुकल्याणका निम्ति कार्यरत अन्तर्राष्ट्रिय समूहले यहाँका सिंह र बाघलाई जोर्डन र अफ्रिकाका आरक्षण केन्द्रमा सारिएका थिए । चिडियाघरबाट पशुलाई स्थानान्तरण वा उद्धार गर्नु आफैमा कठिन र चुनौतीपूर्ण काम हो भने त्यसको आर्थिक लागत पनि तुलनात्मकरूपमा बढी हुन्छ । यहाँका विद्यालयले बालबालिकालाई नियमितरूपमा चिडियाखानाको भ्रमण गराउने गरेका छन् । हरेक विद्यार्थीबाट प्रवेश शुल्कबापत एक अमेरिकी डलर लिइन्छ जुन चिडियाघरको खर्च व्यवस्थापनमा उपयोग गरिन्छ । नामा चिडियाखानामा सिंह र बाघबाहेक विभिन्न प्रजातिका चराचुरूङ्गी, बाँदर, ब्वासा, हरिण र स्याल पनि छन् ।रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

चिन्तनको मोडमा गए नेपाली काँग्रेसको दायरा फराकिलो हुन्छः सभापति थापा

रातो समाचार संवाददाता

हेटौंडा -९ बाट राजगोमन सर्पको उद्धार

सुनचाँदी व्यवसायी संघको पद हस्तान्तरण

रातो समाचार संवाददाता

श्रम संस्कृति पार्टीले बनाइदियो घर जलेर नष्ट भएका राक्सिराङ्गका परिवारलाई नयाँ घर

रातो समाचार संवाददाता

बागमतीमा भेटियो किङ्ग कोब्रा, डेढ वर्षको अवधीमा झण्डै १० वटाको उद्दार

रातो समाचार संवाददाता

अस्मिर गोङ्गबाको उत्कृष्ट प्रदर्शनीमा हेटौंडा फुटबल एकेडेमी सूर्यनगर गोल्डकपको सेमीफाइनलमा

रातो समाचार संवाददाता

हेटौंडा कपडा उद्योगले सञ्चालनका लागि सरकारको बाटो कुरिरहेको छ :रास्वपा सांसद उप्रेती

रातो समाचार संवाददाता

६ लाख पुरस्कार राशिको सूर्यनगर गोल्डकप फुटबलमा हेटौंडा फुटबल एकेडेमी सहभागी हुने

आठौं संस्करणको राष्ट्रिय बागमती गोल्डकप फुटबल बैशाख १७ गतेबाट, विजेताले १० लाख रुपैयाँ पाउने

रातो समाचार संवाददाता

सरकारी स्वामिकत्वमा रहेका मिडियालाई मात्र सूचना तथा विज्ञापन दिने सरकारको नयाँ नीति प्रति मकवानपुरका पत्रकारहरु असन्तुष्टी, विज्ञापन नीतिमा समस्या भए नियमन गरेर लैजान सुझाव

रोहित थापा क्षेत्री

लोकप्रिय



भर्खरै

Uživatelské recenze: Klady a zápory aplikace Mostbet APK

Uživatelské recenze: Klady a zápory aplikace Mostbet APK

Uživatelské recenze: Klady a zápory aplikace Mostbet APK

चिन्तनको मोडमा गए नेपाली काँग्रेसको दायरा फराकिलो हुन्छः सभापति थापा

रातो समाचार संवाददाता

Mostbet Casino-da Canlı Bahis Araşdırması

Mostbet Casino-da Canlı Bahis Araşdırması

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 mail.ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology