Rato Samachar
Thu, 3 September, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
अन्तर्राष्ट्रिय समाचार

आक्रमणबाट घाइते बनेका रूश्दीको भेन्टिलेटरको सहयोगमा उपचार जारी, एउटा आँखाको दृष्टि गुम्नसक्ने चिकित्सकको भनाइ

न्युयोर्क राज्यको एक साहित्यिक कार्यक्रममा छुरा प्रहारपछि घाइते भएका विश्व प्रसिद्ध साहित्यकार सलमान रूश्दीको भेन्टिलेटरको सहयोगमा उपचार भइरहेको छ । उहाँका सहयोगीले ‘द न्युयोर्क टाइम्स’लाई दिएको जानकारीमा साहित्यकारमाथिको आक्रमण गलत भएको बताइएको छ । सहयोगी एन्ड्रयु वाइलीले भन्नुभयो, “सलमानको एउटा आँखा गुम्ने सम्भावना छ । उहाँको पाखुराका नसाहरू काटिएका छन् र उहाँको कलेजोमा छुरा प्रहारबाट क्षति पुगेको छ । रूश्दी बोल्न नसक्ने अवस्थामा उपचाररत हुनुहुन्छ ।” सन् १९८८ मा प्रकाशित ‘द स्याटानिक भर्सेज’ नामक कृतिले मुसलमान समुदाय र प्रोफेट मोहम्मदको अपमान गरेको आरोप लगाउँदै तत्कालिन इरानी सर्वोच्च नेता आयातोल्ला रूहोल्ला खोमेनीले फतवा जारी गरी हत्या गर्ने आदेश दिनुभएको थियो । निजी सुरक्षाका कारण आक्रमण हुनसक्ने त्रासका कारण वर्षौंसम्म ‘भूमिगत’ जीवन बिताउँदै आएका सलमान रूश्दी र उहाँका सहयोगीमाथि शुक्रबार न्युयोर्कमा आक्रमण भएको थियो । आक्रमण पश्चात हेलिकोप्टरमार्फत अस्पताल पु¥याइएका विश्व प्रसिद्ध साहित्यकार रूश्दीलाई अस्पताल लगी आकस्मिक शल्यक्रिया गरिएको छ । उहाँको उपचारमा सम्लग्न चिकित्सकका अनुसार उहाँ अहिले बोल्न सक्ने अवस्था हुनुहुन्न र उहाँको एउटा आँखाको ज्याति गुम्न पनि सक्ने देखिएको छ । उक्त साहित्यिक कार्यक्रममा भाग लिइरहेका अमेरिकी विश्वविद्यालयका राजनीतिशास्त्रका प्राध्यापक कार्ल लेभानले एएफपीलाई बताएअनुसार आक्रमणकारी रूश्दी बसेको मञ्चमा पुगी पटक–पटक र निर्मम तरिकाले छुरा प्रहार गरेका थिए । कार्यक्रममा उपस्थित एक सैनिकले आक्रमणकारीलाई पक्राउ गर्नुअघि कैयौँ मानिस दौडेर स्टेजमा पुगेर आक्रमणकारीलाई भुइँमा लगेका थिए । श्रोताहरूमध्ये कै एक चिकित्सकले उहाँको प्राथमिक उपचारमा सघाएका थिए । न्यूयोर्क राज्यको प्रहरीले आक्रमणकारी न्यूजर्सीको फेयरफिल्डका २४ वर्षीय हादी मटर भएको र उनले रूश्दीको घाँटी र पेटमा छुरा प्रहार गरेको जनाएको छ । छुरा प्रहारको कारण भने खुल्न सकेको छैन । स्टेजमा रूश्दीको अन्तवार्ता लिइरहेका ७३ वर्षीय राल्फ हेनरी रीजको अनुहारमा पनि चोट लागेको थियो तर उहाँलाई सामान्य उपचारपछि अस्पतालबाट डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ । बफेलो शहरबाट ७० माइल (११० किलोमिटर) दक्षिणमा रहेको शान्त लेकसाइड समुदायमा साहित्यक कार्यक्रम सञ्चालन गर्ने चौताउक्वा इन्स्टिच्युटमा आक्रमण भएको हो । चौटौक्वा इन्स्टिच्युटले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “हामीमध्ये धेरैले आज जे देखेका छौं, त्यो घृणाको हिंसात्मक अभिव्यक्ति हो जसले हामीलाई तर्साएको छ ।” चाउटाउक्वाका नियमित सहभागी सदस्य लेभानले भन्नुभयोे, “शंकास्पद व्यक्तिले रूश्दीलाई मार्न खोज्नुभन्दा पहिले उनलाई सकेसम्म धेरै पटक छुरा हान्ने कोसिस गरिरहेका थिए ।रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

शवबाट कानको मुन्द्रा तानेको आरोपमा २ जना पक्राउ

अनेरास्ववियु हेटौंडा नगर कमिटीको अध्यक्षमा रिजन जीसी

रातो समाचार संवाददाता

बागमतीका मुख्यमन्त्री किरण थापाले आइतबार विश्वास लिने

रातो समाचार संवाददाता

हेटौंडाका विशालराज महतलाई आरोही व्यक्ति सम्मान

रातो समाचार संवाददाता

८० औं इन्डिपेन्डेन्स फुटबल, हेटौंडाको गोल बाढीमा हाइल्याण्ड वारियर पाखा लाग्यो

अभियन्ता नवल खड्कालाई दुई दिनमै राष्ट्रिय सम्मान

सीतादेवी स्मृति फुटबल प्रतियोगिता, भोलि हेटौंडा फुटबल एकेडेमीले सिक्किम पुलिसको सामना गर्दै

माम्रिङ व्यवाइजको पोष्टमा साविक विजेता हेटौंडा फुटबल एकेडेमीले गर्‍यो गोलको वर्षा

हेटौंडामा गौँथली र ठूलेको अचानक इन्ट्री, हलभित्र दर्शक सरप्राइज!

हेटौंडामा ग्राण्ड व्यूटी एक्सपो हुँदै

लोकप्रिय



भर्खरै

रसुवा बाढीबाट सकुशल फर्किएका हेटौंडा–१५ का दुई युवालाई स्वागत

भोटेकोशी बाढीपीडितका कांग्रेस बागमतीद्धारा १० लाख ६६ हजार सहयोग

‘पार्वती’ पहिलो कमाई भोटेकोशी बाढी पीडित सरकारी उद्वार कोषमा

रसुवा बाढीपीडित प्रभावित: सहयोग संकलन अभियानमा हेटौंडा उपमहानगरका टोल विकास

रसुवा बाढी : संकलन वेवारिसे शव जमिनमुनि व्यवस्थापन गरिने – चितवन प्रशासन

शवबाट कानको मुन्द्रा तानेको आरोपमा २ जना पक्राउ

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 mail.ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology