Rato Samachar
Sat, 26 September, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
समाचार

सार्वजनिक सञ्चारमाध्यमबीच समन्वय र सहकार्यमा जोड

  • सार्वजनिक सञ्चारमाध्यमले आपसमा समन्वय र सहकार्य गर्दै जनचासोका आधिकारिक समाचार सम्प्रेषण गरी आमनागरिकलाई सुसूचित गर्र्र्नुपर्नेमा जोड दिइएको छ । राष्ट्रिय समाचार समिति (रासस), गोरखापत्र संस्थान, रेडियो नेपाल र नेपाल टेलिभिजनका कार्यकारी प्रमुख तथा समाचार प्रमुखबीच आज रासस केन्द्रीय कार्यालयमा भएको छलफलमा आधुनिक प्रविधिको अधिकतम प्रयोग गर्दै समयानुकुल द्रुतगतिमा समाचार सम्प्रेषण गर्नुपर्ने आवश्यकता औंल्याइयो । आमसञ्चार क्षेत्रका अनुभवी एवम् दक्ष जनशक्ति रहेका सार्वजनिक सञ्चारमाध्यमले राज्य र आमजनताको आवाज बुलन्द गर्न सक्नुपर्ने बताउँदै प्रभावकारी तथा एकीकृतरुपमा समाचार सम्प्रेषणका लागि आपसी सहयोग र सहकार्यमा उहाँहरुले जोड दिनुभएको हो । नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष समीरजङ्ग शाहले जनचासोका विषयलाई प्राथमिकता दिई एकीकृत ढङ्गबाट आमजनताको आवाज मुखरित गर्ने पक्षमा देशका सबै सार्वजनिक सञ्चारमाध्यमले प्रतिबद्धता व्यक्त गर्नुपर्ने बताउनुभयो । गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णु सुवेदीले सरकारी समाचारलाई मात्र प्राथमिकता दिने गरेको आक्षेपबाट देशका सबै सार्वजनिक सञ्चारमाध्यमहर मुक्त हुनुपर्नेमा जोड दिँदै सामाजिक विकृति र विसङ्गति उजागर गर्दै आमजनताको मन जित्नेतर्फ लाग्नुपर्ने सुझाव दिनुभयो । राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले सार्वजनिक सञ्चारमाध्यमका बीच समाचार सङ्कलन, सम्पादन र नीतिगत विषयहरु तथा तहसमेतमा नियमित छलफल तथा अन्तरक्रिया आवश्यक रहेकाले यस्ता विषयका छलफललाई निरन्तरता दिनुपर्ने बताउनुभयो । रेडियो नेपालका नायब कार्यकारी निर्देशक खगेन्द्र खत्री र प्रमुख समाचारदाता प्रमोद दाहालले सार्वजनिक सञ्चारमाध्यमका कमीकमजोरीलाई हटाउँदै भरपर्दाे र विश्वसनीयरुपमा समाचार सम्प्रेषण गरी आम नागरिकलाई सूचना प्रदान गर्न लाग्नुपर्ने बतउनुभयो । नेपाल टेलिभिजनका महाप्रबन्धक फुलमान वल, राससका महाप्रबन्धक सिद्धराज राई, नेपाल टेलिभिजनका समाचार संयोजक पुष्पहरि क्याम्पाराई, गोरखापत्र दैनिकका प्रधानसम्पादक शिवप्रसाद भट्टराई, राससका नायब महाप्रबन्धक सोमनाथ लामिछाने, प्रमुख समाचारदाता उत्तम सिल्वाल, प्रधानसम्पादक एकराज पाठक र अंग्रेजी समाचार सेवा प्रमुख दीपराज सन्यालले सार्वजनिक सञ्चारमाध्यमलाई थप प्रभावकारी र सशक्त बनाउन आफ्ना सेवाहरुमा समयानुकूल परिमार्जित र अध्यावधिक गर्दै लैजानुपर्ने सुझाव दिनुभयो ।रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

महासमिति प्रतिनिधिमा कुमार गुरुङ (भण्डु)को उम्मेदवारी, जनजाति आरक्षणतर्फ चितवन–२ बाट दाबी

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

निर्माण व्यवसायी संघ मकवानपुरमा गोपालीको उम्मेदवारी, परिवर्तनको एजेन्डा अघि सार्दै

मकवानपुर गढीमा भूमिहीन६परिवारलाई जग्गाधनी पुर्जा

शवबाट कानको मुन्द्रा तानेको आरोपमा २ जना पक्राउ

अनेरास्ववियु हेटौंडा नगर कमिटीको अध्यक्षमा रिजन जीसी

रातो समाचार संवाददाता

बागमतीका मुख्यमन्त्री किरण थापाले आइतबार विश्वास लिने

रातो समाचार संवाददाता

हेटौंडाका विशालराज महतलाई आरोही व्यक्ति सम्मान

रातो समाचार संवाददाता

८० औं इन्डिपेन्डेन्स फुटबल, हेटौंडाको गोल बाढीमा हाइल्याण्ड वारियर पाखा लाग्यो

लोकप्रिय



भर्खरै

महासमिति प्रतिनिधिमा कुमार गुरुङ (भण्डु)को उम्मेदवारी, जनजाति आरक्षणतर्फ चितवन–२ बाट दाबी

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

मैत्रीपूर्ण फुटसल प्रतियोगितामा प्रमुख सचिव टिम विजयी

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

तीजको महत्व

निर्माण व्यवसायी संघ मकवानपुरमा गोपालीको उम्मेदवारी, परिवर्तनको एजेन्डा अघि सार्दै

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 mail.ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology