Rato Samachar
Thu, 12 November, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
समाचार

उद्धार र राहतलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने निर्णय

  • प्रदेशस्तरीय विपत् व्यवस्थापन समितिको बैठकले सप्तकोसी नदीको कटानले प्रभावितको उद्धार र राहतलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने निर्णय गरेको छ । प्रदेश नं १ विपद् व्यवस्थापन समितिका संयोजक प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीको अध्यक्षतामा बसेको बैठकले उद्धार र राहतलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने निर्णय गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनुभयो । बैठकले कोसी कटानलाई नियन्त्रण गर्ने, बक्रम नदी नियन्त्रण कार्यालयमार्फत तत्काल काम सुरु गर्ने, उद्धार तथा राहतमा प्रदेशस्तरीय विपत् व्यवस्थापन समिति, जिल्लास्तरीय विपत् व्यवस्थापन समिति र नगरस्तरीय विपत व्यवस्थापन समितिले समन्वय गरेर काम गर्ने निर्णय भएको उहाँले बताउनुभयो । त्यस्तै बाढीको जोखिम र प्रभावित भएका बस्तीका स्थानीयवासीलाई हस्तान्तरण गरी सुरक्षित रूपमा बसोबास गराउन वडास्तरीय व्यवस्थापन तथा टोल विकास समितिलाई परिचालन गर्ने निर्णय भएको छ । त्यस्तै सरोकारवाला पक्षसँगको समन्वय र सहयोग लिएर काम गर्ने, अस्थायी बसोबासका लागि विद्यालय, त्रिपाल, खाद्य र गैर खाद्य, शौचालय, सुरक्षाको व्यवस्थापनका लागि कार्य गर्ने निर्णय भएको उहाँले बताउनुभयो । बैठकमा प्रदेश नं १ का भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री हिमाल कार्की, उदयपुरका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादव, सुनसरीका प्रमुख जिल्ला अधिकारी यादव, मोरङका प्रमुख जिल्ला अधिकारी काशीराम दाहाल, बेलका नगरपालिका प्रमुख अशोक कार्की, सुनसरी बराहक्षेत्र नगरपालिका प्रमुख रमेश कार्की, सप्तरीको सप्तकोसी नगरपालिका प्रमुख, कञ्चनपुर नगरपालिका प्रमुख, तीन वटै सुरक्षा निकायका प्रमुख लगायतको सहभागिता रहेको थियो । बाढीबाट जोखिममा र प्रभावित भएका स्थानीयवासीलाई सुरक्षित स्थानमा ल्याउने कार्य जारी छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र सेनाको टोली सक्रिय रूपमा उद्धारमा लागि परेको छ । यसैबीच सप्तकोसी नदीमा आएको बाढीपीडितका लागि प्रदेश सरकारले राहत सामग्री पठाएको छ । प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले राहत पठाएको हो । बुधबार सप्तकोसी नदी पुरानै धारमा फर्किएर उदयपुरको बेलका नगरपालिकाका पाँच वडाको मानवबस्तीमा प्रवेश गरेर तहसनहस पार्दा एक हजार ५०० घरपरिवार विस्थापित भएका छन्् । विस्थापितलाई सरकारले उद्धार गरेर सुरक्षित स्थानमा सारिसकेको छ । मन्त्रालयले पीडितका लागि खाद्यान्नलगायत राहतका सामग्री पठाइसकेको छ ।रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

अनमोल केसी अभिनित “बाटुलो जुन” कार्तिक २६ देखि प्रर्दशनमा

हेटौडामा सडकका कुकुरलाई खाना खुवाउँदै विशाल राज महत टोली, फैलाउँदै प्राणीप्रेमको सन्देश

हेटौंडा फुटबल प्रशिक्षक भीम लामा सम्मानित

निःसुल्क खाना खुवाउने अभियानमा मारवाडी एशोसियसन

हेटौंडा –१५ भोर्लेबाट किङ्ग कोब्राको उद्धार

हेटौंडामा बजाजको बबाल “झ्याम्मै एक्सचेञ्ज मेला” अफर

हेटौंडामा जारी जनप्रवाह कप फुटबल प्रतियोगिताको उपाधि आभाषलाई

मकवानपुरगढी गाउँपालिकामा दास्रो साइमन योन्जन स्मृति फुटसल प्रतियोगिता हुँदै

हेटौंडा बचत तथा ऋण सहकारीको २७औँ वार्षिक साधारणसभा हुने

बाढीपछि भग्नावशेषमा बितेका १० दिन : उद्धारसँगै मानवताको खोजी

लोकप्रिय

1

हेटौडामा सडकका कुकुरलाई खाना खुवाउँदै विशाल राज महत टोली, फैलाउँदै प्राणीप्रेमको सन्देश

2

अनमोल केसी अभिनित “बाटुलो जुन” कार्तिक २६ देखि प्रर्दशनमा

3

निःसुल्क खाना खुवाउने अभियानमा मारवाडी एशोसियसन

4

ईलाका प्रहरी मनहरी प्रमुख थापा भए पौष महिनाको सर्वोत्कृष्ट

5

“रामायण” ४ हजार करोडमा बनेको फिल्ममा दर्शकको ध्यान केन्द्रित रावणमा

6

‘रामायणः राइज अफ अ लेजेन्ड’ ४ हजार करोडमा बनेको फिल्म विहिबारदेखि प्रर्दशनमा

7

मेयरकप फुटबल प्रतियोगिता, वर्षाको कारण स्थगित दुई खेल आज हुँदै

8

हेटौंडा फुटबल प्रशिक्षक भीम लामा सम्मानित

9

हेटौंडा –१५ भोर्लेबाट किङ्ग कोब्राको उद्धार

10

आठौं संस्करणको बागमती गोल्डकपको उद्धाटन खेलमा अयोजक र बागमती युथ भिड्ने



भर्खरै

अनमोल केसी अभिनित “बाटुलो जुन” कार्तिक २६ देखि प्रर्दशनमा

हेटौडामा सडकका कुकुरलाई खाना खुवाउँदै विशाल राज महत टोली, फैलाउँदै प्राणीप्रेमको सन्देश

हेटौंडा फुटबल प्रशिक्षक भीम लामा सम्मानित

निःसुल्क खाना खुवाउने अभियानमा मारवाडी एशोसियसन

पटका पड्काउने क्रममा १६ वर्षीय किशोर घाइते

शुक्रबार देखि प्रर्दशनमा “पाँच पाण्डव”

राजेश गरिब

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 mail.ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology