Rato Samachar
Sun, 27 September, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
समाचार

मधुश्रावणी पर्व समापन

नवविवाहिता मिथिलानी (मिथिलाका नारी) ले आज १३ दिने व्रत विधिको मधुश्रावणी पर्व समापन गरेका छन् । मिथिलामा मौना पञ्चमी भनिने साउन कृष्ण पञ्चमीका दिन सुरु गरेका यो पर्व नवविवाहिता मिथिलानीले आज १३औँ दिनमा समापन गरेका हुन् । मिथिलामा नवविवाहिता वधुले साउन कृष्ण पञ्चमीदेखि साउन शुक्ल द्वितीयासम्म व्रत विधानमा रही त्यसै रात देब्रे घुँडामा ‘टेमी’ लिँदै भोलिपल्ट तृतीयाका दिन पर्व सम्पन्न गर्ने परम्परा छ । मिथिलामा प्रणय पर्वका रूपमा मानिने यो पर्व मिथिलानीले माइतीघरमा मनाउँछन् । यद्यपि बर्तालुको पूजा सरदाम (सामग्री), खाद्य सामग्री, नयाँ वस्त्र परिधान भने पति घरबाटै ल्याइएको हुनपर्ने परम्परा छ । पतिको दीर्घायु र प्रगाढ प्रणय सम्बन्धको कामना व्रतको अभीष्ट हुने गर्छ । भगवान् शङ्कर, देवी गौरी (पार्वती) र विषहरा नाग देवताको आराधना गरिने यो पर्वको १२औँ दिन राति पूजामा प्रयोग गरिने दियोमा बालिने बत्तीको लप्कोले बर्तालुुको देब्रे गोडाको घुँडामा डाम्ने विधिलाई ‘टेमी’ भनिन्छ । ‘टेमी’ दिइएको ठाउँमा फोका उठे पति पत्नीबीच प्रेमसम्बन्ध अत्यन्त गाढा हुने विश्वास गरिन्छ । पछिल्ला केही वर्षयता भने नयाँ पुस्ताका मिथिलानीले ‘टेमी’ प्रचलनलाई परिष्कृत गरिनु पर्ने आवश्यकता औँल्याएका छन् । पर्वमा बर्तालुुलाई बलेको बत्तीको लप्काले डाम्नुको सट्टा शीतल चन्दनको लेप उपयुक्त हुने नयाँ पिढीका मिथिलानीको भनाइ छ । मिथिलामा पछिल्ला केही वर्षयता यो चलन स्थापित हुँदै गएको मिथिलानी बताउँछन् । ‘टेमी’ विधि घर परिवारका सबैभन्दा श्रेष्ठ महिलाका हातबाट गराइने चलन छ । पर्व समापन भएपछि बर्तालुले पर्व अवधिभरि दिनहुँ पूजा गरिएका बेलपत्र र पूmल सङ्ग्रह गरेर पवित्र नदी वा तलाउमा विसर्जन गर्छन् । विधिमा केही परिष्कारको कुरा उठेका र समयक्रममा ती स्थापित हुँदै जाने मैथिल बुद्धिजीवी बताउँछन् । पर्वको अभीष्ट नै पतिपत्नीबीच प्रेमसम्बन्धको प्रगाढता भएकाले यो परम्परा मैथिल संस्कृति र पारिवारिक सद्भाव वृद्धिमा सचेत रहेको मैथिल संस्कृतिका जानकार मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठ (संस्कृत क्याम्पस) का साहित्य विषयका सहप्राध्यापक ध्रुव राय बताउनुहुन्छ । पर्वमा बस्तीभरिकै नवविवाहित जम्मा भएर हासपरिहास र सामूहिक गायनमा रमाउँछन् । यो पर्वमा बर्तालु र उनका सखीको वस्त्र परिधानको सजधज, सामूहिक प्रणयगान र ‘पूmललोढी’ (पूmल खोज्ने) विधिले सबैको ध्यान खिच्ने गरेको छ । शिव, पार्वती (गौरी) र ‘विषहरा’ (नागदेवता) को आराधना गरिने यो पर्वमा भोलिपल्टको पूजा अर्चनाका लागि एक दिनअघिको सन्ध्याकालमा सामूहिकरूपमा पूmल खोज्न निस्कने विधिलाई ‘पूmललोढी’ भन्ने गरिएको छ । पर्वमा भगवान् शङ्कर र देवी गौरीलाई बासी पूmल चढाउने चलन छ । पर्व अवधि (१३ दिनभित्र) का प्रत्येक दिन सूर्यास्त हुनपूर्वको बेलामा प्रणयगान गाउँदै विशेष वस्त्र परिधानमा सजिएका मैथिल नवयौवना पूmल खोज्ने विधिका लागि निस्कँदा सामान्य बटुवा पनि टक्क अडिएर गीतको भावमा डुब्छन् । “भर्खरै विवाहित जोडीको प्रणय सम्बन्ध प्रगाढ बनाउने उद्देश्यभित्रको पर्वको ‘पूmललोढी’ विधिमा निस्केका मिथिलानीको त्यही विषय भाव समेटिएका गीतका भावले जोसुकै बटुवा रोमाञ्चित हुने गर्छ । प्रणय सम्बन्ध रतिराग वर्णित भए पनि गीतका शब्द र भावले शिष्टता नाघेको भान हुँदैन । आमरूपमा प्रगाढ प्रणय सम्बन्धको अपिलमा सामाजिक शिष्टता नाघिने शब्द गीतमा हुँदैनन् । वर्षायाम प्रगाढ प्रणय सम्बन्धलाई अपिल गर्ने मौसम मानिन्छ । वनमा रमाउने मयुर पनि यसै मौसममा प्रणय सम्बन्धमा लीन हुन्छन् । यस्तो बेला नवविवाहिता जोडीबीच रतिरागदेखि भावनात्मकरूपमा एकाकार गराउनु पर्वको मुख्य पक्ष रहेको मिथिला संस्कृतिका जानकार बताउँछन् । त्यसैले यो पर्व नवविवाहिताका लागि खास हुने गरेको छ । पर्वमा नवविवाहिता मिथिलानी यौवनाको सखीहरुबीच भर्खरै सुरु भएको दाम्पत्य जीवनका कौतुहलता, पतिले देखाउने वास्ता र रतिरागसम्मका अनुभव साटासाट हुन्छन् । बेहुली भएर पति घर गएदेखि मधुश्रावणी मनाउन माइत आएबीचका अन्तरङ्ग अनुभव बर्तालुुले सुनाउँदा विवाहयोग्य उमेर पुगेकी सखीको कौतुहलता उनको रातो बनेको गालाबाट अड्कल गर्न सकिने पाका मैथिल बताउँछन् । पहिले मिथिलाका ब्राह्मण, कायस्थ, देव र सोनार जातिका महिलाले मात्र मनाउने यो पर्व अब साझा भइसकेको छ । पतिघरबाट आएका सामग्री प्रयोग गरेर माइतमा मनाइने यो पर्व मिथिला लोक संस्कृतिको अभिन्न अङ्ग नै बनेको मिथिलानी बताउँछन् । पर्वमा शिव, पार्वती (मधुश्रावणी व्रत विधानमा पार्वतीलाई गौरी नाम दिइएको छ) र विषहराको दैनिक पूजाआराधना गरेपछि बर्तालुलाई घरकी ज्येष्ठ महिलाले मधुश्रावणी कथा सुनाउँछन् । यिनमा पौराणिक गाथामा आधारित मैना पञ्चमी, विषहरि, विहुला, मनसा, मङ्गला गौरी, पृथ्वीको जन्म, समुद्र मन्थन र सतीको कथा हुने गर्छन् । पर्वमा आफ्नो स्खलित भएको वीर्य भगवान् शङ्करले पातमा राखेका र त्यही वीर्यबाट पाँच नाग कन्याको जन्म भएको कथा प्रचलित छ । कुनै तलाउमा जलक्रिडाका बेला जन्मेका यी छोरी भेट्न शिव जाने गरेको र यो वृत्तान्त थाहा नपाएकी पार्वतीलाई पतिप्रति शङ्का बढेपछि पिछा गरेकी कथा छ । एकदिन छोरीहरुसँग खेलिरहेका पतिलाई देखेपछि क्रोधित भएकी पार्वतीलाई शिवले सबै कुरा बताएपछि क्रोध शान्त भएको प्रसङ्ग छ । पार्वतीलाई खुशी तुल्याएपछि शिवले साउन महिनामा यी नागिनीको पूजा गर्नेलाई सर्पको भय नहुने वरदान दिएबाट मधुश्रावणी पर्वमा विषहराको पूजा विधान सुुरु भएको लौकिक जनविश्वास छ । देवी गौरी दाम्पत्य जीवन सुखद बनाउने र सबै मनोकामना पूरा गर्ने मानिएकीले उनको पूजाअर्चना नवविवाहिताले यसै अभीष्टका लागि सुरु गरेका मिथिला लोकसंस्कृतिका जानकार कर्मकाण्डका ज्ञाता बर्दिबास–२ का बासिन्दा पण्डित महेशकुमार झाको भनाइ छ । पर्वको मुख्य पक्ष नै नारी जीवनमा पतिप्रतिको स्नेह र सम्बन्ध प्रगाढ बनाउन केन्द्रित रहेकाले यससँग जोडिएर आउने ठट्यौली र हासपरिहासले पर्वको महत्ता उज्यालिएको पाका मिथिलानी बताउँछन् । प्राचीन वैदिक ग्रन्थ शिव पुराणमा कुष्ठरोग भएका आफ्ना पतिलाई ठिक गराउन मधुश्रावणी नाउँकी नवविवाहितालाई शिवले यो व्रत गर्न लगाएको प्रसङ्ग छ । शिवको आज्ञाअनुसार मधुश्रावणीका पति ठिक भएपछि पति कल्याण र आपसी सम्बन्ध प्रगाढताको कामना राखिने यो पर्व परम्परा चलेको विश्वास गरिन्छ । बर्तालुले साउन कृष्ण चौथी (चतुर्थी) का दिन पवित्र स्नान गरेर चोखोनितो बनेपछि व्रत सङ्कल्प गर्दछन् । व्रत अवधिभरि मन पवित्र बनाएर सात्विक भोजन गर्नु पर्ने विधान छ । सधैँ दिउँसोपछि सूर्यास्त हुनपूर्व सखीसहेलीका साथ हाँस्दै, खिल्लिँदै र प्रणयभावका गीत गाउँदै ‘पूmललोढी’मा निस्कनु र सङ्कलन गरिएका बेलपत्र र विभिन्न जातका पूmल राति बासी राखेर भोलिपल्ट त्यसैले शिव, पार्वती र विषहराको पूजा आराधना गरेर कथा श्रवण गर्नु पर्वअवधिको दैनिक तालिका हो । बर्तालुले सधंँ बिहान पवित्र स्नान गरेर पूजाआराधना गरेर कथा श्रवण गरेपछि सात्विक भोजन गर्ने गर्छन् । पर्वमा अटल सौभाग्यकी देवी मानिने गौरीको पूजाआराधनाका लागि छुट्टै नैवेद्य बनाउने चलन पनि छ । माइतीघरको आँगन वा अन्य सुरक्षित ठाउँमा बनाइएको खास मण्डप (अरिपन) मा बसेर त्यहीँ देवता स्थापित गरेर यो पर्व मनाइन्छ । कूलदेवताको स्मरण गरेर सुरु गरिएको पूजाआराधनामा प्रत्येक दिनको पूजापछि माइती घरका ज्येष्ठ महिला सदस्यबाट बर्तालुुले आशिर्वाद लिने गर्छन् । मधुश्रावणी नवविवाहिता वधुका लागि आरामको समय पनि हो । यही पर्वको निहुँमा साउनको व्यस्त खेतीका बेला माइती पुग्ने अवसर मिल्छ । विवाह भएको पहिलो वर्ष नै घरको गृहस्थीमा साउन मासमा निकै धपेडी पर्नसक्ने भएको हुँदा पनि माइतीमै यो पर्व मनाउने परम्परा बसेको हुनसक्ने बर्दिबास–२ का पाका मैथिल किशोरीलाल कर्णको ठम्याइ छ ।रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

महासमिति प्रतिनिधिमा कुमार गुरुङ (भण्डु)को उम्मेदवारी, जनजाति आरक्षणतर्फ चितवन–२ बाट दाबी

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

निर्माण व्यवसायी संघ मकवानपुरमा गोपालीको उम्मेदवारी, परिवर्तनको एजेन्डा अघि सार्दै

मकवानपुर गढीमा भूमिहीन६परिवारलाई जग्गाधनी पुर्जा

शवबाट कानको मुन्द्रा तानेको आरोपमा २ जना पक्राउ

अनेरास्ववियु हेटौंडा नगर कमिटीको अध्यक्षमा रिजन जीसी

रातो समाचार संवाददाता

बागमतीका मुख्यमन्त्री किरण थापाले आइतबार विश्वास लिने

रातो समाचार संवाददाता

हेटौंडाका विशालराज महतलाई आरोही व्यक्ति सम्मान

रातो समाचार संवाददाता

८० औं इन्डिपेन्डेन्स फुटबल, हेटौंडाको गोल बाढीमा हाइल्याण्ड वारियर पाखा लाग्यो

लोकप्रिय



भर्खरै

महासमिति प्रतिनिधिमा कुमार गुरुङ (भण्डु)को उम्मेदवारी, जनजाति आरक्षणतर्फ चितवन–२ बाट दाबी

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

मैत्रीपूर्ण फुटसल प्रतियोगितामा प्रमुख सचिव टिम विजयी

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

तीजको महत्व

निर्माण व्यवसायी संघ मकवानपुरमा गोपालीको उम्मेदवारी, परिवर्तनको एजेन्डा अघि सार्दै

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 mail.ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology