Rato Samachar
Thu, 22 October, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
अन्तर्राष्ट्रिय समाचार समाज

‘युक्रेनलाई विश्व मानचित्रबाट मेट्ने रूसी प्रयास

संयुक्त राष्ट्रसङ्घका लागि अमेरिकी राजदूत लिन्डा थोमस–ग्रीनफिल्डले विश्व मानचित्रबाट रूसले युक्रेनलाई मेट्ने प्रयास गरेको बताएकी छन् । सुरक्षा परिषद्को शुक्रबारको बैठकमा उनले विश्व मानचित्रबाट युक्रेनलाई मेट्न रूसले खोजेकामा अब कुनै शङ्का नरहेको बताइन् ।रूसका पछिल्ला अमानवीय गतिविधिले त्यसतर्फ सङ्केत गरेको उनले बताइन् । रूसले पूर्वी युक्रेनी क्षेत्र डोनेस्क र लुहान्स्क, दक्षिणी खेरसोन र जापोरिज्जियालाई अवैध रूपमा आफ्नो कब्जामा लिएर त्यसको आधार निर्माण गरिरहेको उनले दाबी गरिन् । अमेरिकी राजदूतले रूसका विदेशमन्त्री सर्गेई लाभरोभले पनि रूसको युद्धको लक्ष्य पनि त्यही नै भएको अभिव्यक्ति दिएको बैठकमा स्मरण गराइन् । विदेशमन्त्री लाभरोभले गत आइतवार कायरोमा भएको अरब शिखर सम्मेलनमा युक्रेनमा मस्कोको मुख्य लक्ष्य आफ्ना जनतालाई अस्वीकार्य शासनबाट मुक्त गर्नु हो भनेका थिए । मस्कोको युद्धको उद्देश्य पूर्वमा डोनेस्क र लुहान्स्क सम्मिलित युक्रेनको औद्योगिक डोनबास क्षेत्रभन्दा बाहिर फैलिएको स्पष्ट गर्दै उनले युक्रेनी जनतालाई जनविरोधी वर्तमान शासनबाट मुक्त हुन मद्दत गर्नेछौँ भनेका थिए । रसियाका नायब राजदूत दिमित्री पोल्यान्स्कीले पनि सुरक्षा परिषद्मा युक्रेनलाई पूर्णरूपमा निःशस्त्रीकरण गरिने बताए । डोनबासमा रूस वा युक्रेनबाट जोखिम हुन नहुने भन्दै उनले धेरै वर्षपछि त्यहाँका जनताले पहिलोपटक आफूले चाहेजस्तो जीवन बिताउन पाएका बताए । पोल्यान्स्कीले लामो दूरीमा प्रहार गर्नसक्ने रकेटसहितका हतियार आपूर्ति गर्ने पश्चिमा देशलाई चेतावनी दिँदै रूसी सैन्य कारबाही त्यसलाई परास्त गर्नका निम्ति पनि भएको बताए । युक्रेनी नागरिकले आफूले विश्वास गर्ने देश रोजेका बताउँदै रूसी कूटनीतिज्ञ पोल्यान्स्कीले युक्रेनको राजनीतिक र सैन्य नेतृत्वमा फस्टाएको भ्रष्टाचार त्यसको कारक भएको दाबी गरे । उनले पश्चिम राष्ट्रबाट युक्रेनलाई उपलव्ध गराइएका घातक हतियार युरोपसम्म फैलिने चेतावनी पनि दिए । पश्चिमा देशका हतियारले केवल युक्रेनी जनताको पीडा बढाएको दाबी गर्दै उनले आफ्नो देशले गरेको विशेष सैन्य अभियानका उद्देश्य हासिल हुने भइछाड्ने बताए । साथै उनले आगोमा इन्धन थप्नुको कुनै अर्थ नभएको दोहो¥याए । अमेरिकी राजदूतले रूसको नाम नलिइकन सबै देशहरूलाई कूटनीतिक माध्यमबाट समस्याको निकास खोज्न आह्वान गर्दै रूसी कदमबाट वर्तमान सङ्कट समाधान नहुने बताइन् । उनले विद्यालय र अस्पतालमा बम आक्रमण, सहायताकर्मी र पत्रकारहरूको हत्या, युद्धको त्रासदीबाट बच्न खोज्ने नागरिकहरूलाई लक्षित गर्दै भएका प्रहार, बुचामा आफ्नो दैनिक व्यवसायमा जानेहरूमाथि भएका अत्याचारको फेहरिस्त उनले प्रस्तुत गरिन् । राजधानी किएभ बाहिरको क्षेत्रमा रूसी सेनाले गरेको नरसंहार,जबरजस्ती हिरासतमा राखेर भएका सोधपुछ, हजारौँ युक्रेनीलाई निर्वासनमा जान बाध्य गरिएका, बालबालिकामाथि भएका चरम दुव्र्यवहारबारे पनि अमेरिकी राजदूतले बैठकलाई जानकारी गराइन् । रूसी बोल्ने उनीहरूलाई बलपूर्वक आफ्नो भूमिमा जान बाध्य पारिएको छ । मानवअधिकार हनन, युद्ध अपराध र ज्यादतीका घटना बढेका छन् । युक्रेनीलाई सास्ती दिन रूसी राष्ट्रपतिका अधिकारीहरूले निरीक्षण एवम् समन्वय गरिरहेका उनले सुनाइन् । यसैबीच, युक्रेनी र रूसी अधिकारीहरूका अनुसार करिब २० लाख युक्रेनी शरणार्थीलाई रसिया पठाइएको छ ।रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

हेटौंडामा बजाजको बबाल “झ्याम्मै एक्सचेञ्ज मेला” अफर

हेटौंडामा जारी जनप्रवाह कप फुटबल प्रतियोगिताको उपाधि आभाषलाई

मकवानपुरगढी गाउँपालिकामा दास्रो साइमन योन्जन स्मृति फुटसल प्रतियोगिता हुँदै

हेटौंडा बचत तथा ऋण सहकारीको २७औँ वार्षिक साधारणसभा हुने

बाढीपछि भग्नावशेषमा बितेका १० दिन : उद्धारसँगै मानवताको खोजी

हेटौंडा-१५सेल्फी डाँडा नजिक २ महिना अघि मृत अवस्थामा भेटिएको महिलाको पहिचान खुल्यो

कांग्रेस महाधिवेशन: प्रतिनिधि बनिन् १८ वर्षकी अभिप्सा पौडेल

महासमिति प्रतिनिधिमा कुमार गुरुङ (भण्डु)को उम्मेदवारी, जनजाति आरक्षणतर्फ चितवन–२ बाट दाबी

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

लोकप्रिय

1

युक्रेनको दुःख बन्दै रुस

2

आठौं संस्करणको बागमती गोल्डकपको उद्धाटन खेलमा अयोजक र बागमती युथ भिड्ने

3

जिल्लास्तरीय फुलकन्ट्याक्ट कराँते प्रतियोगिता हुँदै

4

महासमिति प्रतिनिधिमा कुमार गुरुङ (भण्डु)को उम्मेदवारी, जनजाति आरक्षणतर्फ चितवन–२ बाट दाबी

5

माधवपूर गोल्डकप फुटबलमा सहभागी हुँदै हेटौंडा फुटबल एकेडेमी

6

हराएको २ वटा ट्रक सम्बन्धी व्यक्तिलाई बुझाइयो

7

ईस्वी संवत् २०२३ ले सुख, शान्ति र समृद्धि ल्याओस्: प्रधानमन्त्री दाहाल

8

रासायनिक मलको कोटा वृद्धि गर्न माग

9

स्वास्थ्य बीमा कार्यक्रम धमाधम बन्द गर्दै अस्पतालहरू

10

जिसस झापाको प्रमुखमा बरालको मात्र उम्मेदवारी



भर्खरै

हेटौंडामा बजाजको बबाल “झ्याम्मै एक्सचेञ्ज मेला” अफर

हेटौंडामा जारी जनप्रवाह कप फुटबल प्रतियोगिताको उपाधि आभाषलाई

हेटौंडा बचत तथा ऋण सहकारीको २७औं बार्षिक साधारण सभा सम्पन्न

मकवानपुरगढी गाउँपालिकामा दास्रो साइमन योन्जन स्मृति फुटसल प्रतियोगिता हुँदै

हेटौंडा बचत तथा ऋण सहकारीको २७औँ वार्षिक साधारणसभा हुने

बाढीपछि भग्नावशेषमा बितेका १० दिन : उद्धारसँगै मानवताको खोजी

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 mail.ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology