जिल्ला प्रहरी कार्यालाय मकवानपुरको प्रहरी प्रमुखमा एसपी बामदेव गौतमआएका छन् ।
प्रहरी प्रमुख एसपी सुरेन्द्र बहादुर गुरुङ्ग एसएसपीमा बढुवा भएर सरुवा भएपछि मकवानपुरको नेतृत्वमा एसपी गौतम आएका हुन् ।
नेपाल प्रहरी प्रधान कार्यालय कर्मचारी प्रशासन शाखा काठमाण्डौबाट सरुवाभई आएका एसपी बामदेव गौतमले बुधाबार पद भारग्रहण गरेका हुन् ।
यस अघि मकवानपुरमा डिएसपी हुदा नै इमान्दार भई मकवानपुरे जनताको काम गरेका गौतम करिब १७ महिना मकवानपुरमा रहेर प्रहरीको जिम्मेवारी निभाएका थिए।
गौतमको २०७४ साउन ३२ गते जिल्ला प्रहरी कार्यालय पाँचथरमा सरुवा भएको थियो।
काठमाडौं उपत्यका इन्टेलिजेन्स शाखामा कार्यरत रहेका एसपी गौतम मकवानपुर जिल्लाको शान्ति सुरक्षाका लागि पुनः ४ वर्ष पछि प्रमुख नेतृत्व लिएर आएका हुन् ।













प्रतिक्रिया दिनुहोस्