Rato Samachar
Sun, 27 September, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
समाचार

भेरी पम्पिङ आयोजनाको ‘डिजाइन रिभ्यु’ हुँदै

  • प्रदेश राजधानी वीरेन्द्रनगरको आगामी ३० वर्षसम्म बढ्नसक्ने जनसङ्ख्यालाई मध्यनजर गरी निर्माण पखाइमा रहेको भेरी पम्पिङ खानेपानी आयोजनाको ‘डिजाइन रिभ्यु’ हुने भएको छ । आयोजना कार्यान्वयन गरिरहेको खानेपानी तथा ढल व्यवस्थापन विभागले ठूलो लगानीको प्रोजेक्ट भएकाले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) माथि पुनः रिभ्युका लागि विज्ञहरुसँग परामर्श गर्ने जनाएको छ । दुई चरणमा गरी रु छ अर्ब लागतमा सम्पन्न हुने यस आयोजनाको डिपिआर तयार भइसकेको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागले अहिले उक्त डिपिआरमाथि ‘रिभ्यु’ गर्न समय थप गरेको हो । विभागका सिनियर डिभिजनल इञ्जिनीयर (सिडिइ) मधु खनालले डिजाइन रिभ्युका लागि कम्तीमा दुई÷तीन महिना समय लाग्ने बताउनुभयो । “यो ठूलो आयोजना हो, यसको कुनै डिजाइनबीचमै फेल भए ठूलो नोक्सानी बेहोर्नुपर्छ”, उहाँले भन्नुभयो, “कम्तीमा निर्माण पूर्व नै हामीले पर्याप्त रिभ्यु गर्न सक्यौँ भनेपछि प्राविधिक त्रुटी नआउनसक्छ ।” सिडिइ खनालले रिभ्युपश्चात आयोजना कार्यान्वयन चरणमा प्रवेश गर्ने जानकारी दिनुभयो । आयोजना कार्यान्वयनको प्रारम्भमा भेरी नदी किनारमा इन्टेक निर्माण गर्न बोलपत्र आह्वान गरिनेछ । खानेपानी मन्त्रालयले विश्व बैंकको ऋण सहयोगमा आव २०७९÷८० देखि सङ्घ, प्रदेश र स्थानीय तहको साझेदारीमा १०० मिलियन अमेरिकी डलर लागतमा ‘खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना’ सञ्चालन गर्दैछ । उक्त आयोजनाअन्तर्गत भेरी नदीको पानी लिफ्टिङ प्रविधिबाट वीरेन्द्रनगर नगरपालिकामा ल्याउन लागिएको हो । मन्त्रालयले सल्यानको शारदा नगरपालिका, डोटीको दिपायल सिलगढी नगरपालिका, कैलालीका बर्दगोरिया, जोशीपुर र जानकी गाउँपालिकामा यो आयोजना सञ्चालन गर्दैछ । आयोजनाका लागि सङ्घीय सरकारले ८० प्रतिशत र प्रदेश सरकार तथा सम्बन्धित स्थानीय तहले २० प्रतिशत रकम जुटाउनुपर्नेछ । कर्णाली प्रदेश सरकार र वीरेन्द्रनगर नगरपालिकाले ‘म्याचुल फण्ड’ स्थापना गर्न बजेट विनियोजन गरिसकेका छन् । प्रदेश सरकारले चालु आवमा रु पाँच करोड छुट्याएको छ भने नगरपालिकाले पहुँचमार्ग निर्माणलगायत आवश्यक पूर्वाधारका कार्यका लागि रु ५० लाख विनियोजन गरेको छ । आयोजना कार्यान्वयनका सम्बन्धमा गत फागुनमै तीन वटै तहका सरकारका प्रतिनिधिबीच समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भइसकेको थियो । आयोजनाले दिगो तथा सुधारिएको खानेपानी आपूर्ति र सरसफाइ सेवा उपलब्ध गराउनाका साथै सेवा प्रवाहको स्थानीय क्षमतामा अभिवृद्धि गर्ने लक्ष्य लिएको छ । यस्तो बन्नेछ आयोजना विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अनुसार भेरी नदीमा तयार गरिने इन्टेकबाट सात किमी दुरीमा पम्पिङ गरी वीरेन्द्रनगर–११ मा अवस्थित अमृतडाँडामा पानी ल्याइनेछ । भेरी नदीमा इन्टेक बनाउने, पानी प्रशोधन प्रणाली स्थापना गर्ने, अमृतडाँडामा रिजर्भ ट्याङ्की स्थापना गर्ने, अमृत डाडाँदेखि वीरेन्द्रनगरसम्मको मुख्य पानी प्रसारणलाइन विस्तार गर्ने पहिलो चरणअन्तर्गतका कार्य हुन । यसका लागि रु तीन अर्ब खर्च हुने प्रारम्भिक अनुमान छ । दोस्रो चरणमा वीरेन्द्रनगर उपत्यकामा पर्ने रत्न राजमार्ग र सुर्खेत–जुम्ला सडकको दुवैतर्फ प्रसारणलाइन विस्तार गरिनेछ । वितरण प्रणाली तथा डिस्ट्रिक मिटर्ड एरिया (डीएमए) को बाँकी काम हुनेछ । यस लागि कम्तीमा पनि रु तीन अर्ब लागत अनुमान गरिएको छ । भेरीको पानी चार सय मिटरमाथि प्रशोधन गर्ने ट्याङ्की (ट्रिटमेन्ट प्लान) मा खसालेपछि त्यसबाट वीरेन्द्रनगरको अमृतडाँडासम्म करिब सात किलोमिटर लामो पाइप विछ्याइनेछ । पाँच सय ५० मिलिमिटर वा योभन्दा बढी आकारको पाइप अमृतडाँडामा राखेर मुख्य ट्याङ्कीसम्म जडान गरिनेछ । अमृतडाँडामा बनाइने ट्याङ्की १२ हजार घनमिटरको हुनेछ । आयोजनाका सिडिइ खनालले निर्माण सुरु भएको छ वर्षभित्र भेरीको पानी लिफ्टिङ्का साथै नगरभित्रका अन्य पानीका मुहानको संरक्षण, एकीकृत जलाधार व्यवस्थापन, जीर्ण आयोजनाको सुधार, उपभोक्ता संस्थाको सवलीकरण लगायतका कार्य सञ्चालन गरिने बताउनुभयो । यी क्रियाकलाप सञ्चालनका लागि नगरपालिका कार्यालयमा आयोजना कार्यान्वयन एकाइ स्थापना हुनेछ । नगर गौरवको आयोजना सङ्घीयता कार्यान्वयनमा आएपछि खानेपानीको क्षेत्रमा स्थानीय तहले पाएको यो ठूलो लगानीको आयोजनामा पर्दछ । यो आयोजना पहिलोपटक सङ्घ, प्रदेश र स्थानीय तहको साझेदारीमा सञ्चालन हुँदैछ । वीरेन्द्रनगरमा अत्यधिक बढ्दो जनघनत्वका कारण यहाँ खानेपानी मुख्य समस्याका रुपमा लामो समयदेखि रहँदै आएको छ । हालको जनसङ्ख्याका लागि प्रतिसेकेन्ड तीन सय २० लिटर पानी आवश्यक पर्छ । हाल आपूर्ति भने प्रति सेकेन्ड एक सय ५३ लिटर भइरहेको छ । यही पानीको आपूर्ति पनि खडेरीको समयमा ५० प्रतिशत घट्ने गरेको छ । खानेपानी आपूर्ति व्यवस्थापन गर्दै आएको सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले माग र आपूर्तिको सन्तुलन मिलाउन आलोपालो प्रणाली लागू गर्दै आएको छ । गर्मीयाममा ९६ घण्टामा एक दिन पानी वितरण हुने गर्दछ । संस्थाले हाल २० हजार घरधुरीलाई धारामार्फत खानेपानी वितरण गर्दै आएको छ । अझैं यहाँ १८ हजार बढी खानेपानी धारा अपुग छन् । संस्थाले झुप्रा खोला, खरी खोला, खोर्के खोला, इत्राम खोलाबाट खानेपानी वितरण गरिरहेको छ । तीस वर्षपछि वृद्धि हुने जनसङ्ख्यालाई खानेपानीको हालको संरचना र क्षमताले धान्न नसक्ने हुँदा दीगो आयोजनाका लागि विभिन्न अध्ययन अघि बढाइएको थियो । तीमध्ये भेरीबाट पानी ल्याउने विकल्पलाई छनोट गरिएको हो । नगर प्रमुख मोहनमाया ढकालले आयोजनालाई समयमै सम्पन्न गर्न नगरपालिकाको पूर्ण सहयोग र सहभागिता रहने बताउनुभयो । “यसलाई हामीले गौरवको आयोजनाका रुपमा लिएका छौँ, यहाँको खानेपानीको दीर्घकालीन समाधानका लागि भेरीको पानी ल्याउनुको विकल्प नभएरै यो आयोजना अघि बढाउन सङ्घीय सरकारलाई अनुरोध गरिएको हो”, नगर प्रमुख ढकालले भन्नुभयो, “आयोजना कार्यान्वयन एकाइ स्थापनादेखि साझेदारी बजेट उपलब्ध गराउने, स्थानीयस्तरमा सहजीकरण गर्ने लगायतका सबै कार्यमा नगरपालिकाले सहयोग गर्नेछ ।” सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष कुलमणि देवकोटाले बहुप्रतिक्षित आयोजना सञ्चालनमा अब ढिलाइ गर्न नहुने गरी काम थाल्न आफूहरुले सुझाव दिएको बताउनुभयो । “भेरी पम्पिङकै लागि भनेर सङ्घ र प्रदेश सरकारले छुट्याएको बजेट यसअघि बर्सेनि फिर्ता हुने गरेको थियो, उपभोक्ताले अझैं आयोजना समयमै बन्छ भनेर विश्वास गर्न सकेका छैनन्, हामीले छिटोभन्दा छिटो आयोजना निर्माण सम्पन्न गरी खानेपानीको विकराल समस्याको समाधान दिनुपर्छ”, उहाँले भन्नुभयो ।
    राष्ट्रिय समाचार समिति

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

महासमिति प्रतिनिधिमा कुमार गुरुङ (भण्डु)को उम्मेदवारी, जनजाति आरक्षणतर्फ चितवन–२ बाट दाबी

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

निर्माण व्यवसायी संघ मकवानपुरमा गोपालीको उम्मेदवारी, परिवर्तनको एजेन्डा अघि सार्दै

मकवानपुर गढीमा भूमिहीन६परिवारलाई जग्गाधनी पुर्जा

शवबाट कानको मुन्द्रा तानेको आरोपमा २ जना पक्राउ

अनेरास्ववियु हेटौंडा नगर कमिटीको अध्यक्षमा रिजन जीसी

रातो समाचार संवाददाता

बागमतीका मुख्यमन्त्री किरण थापाले आइतबार विश्वास लिने

रातो समाचार संवाददाता

हेटौंडाका विशालराज महतलाई आरोही व्यक्ति सम्मान

रातो समाचार संवाददाता

८० औं इन्डिपेन्डेन्स फुटबल, हेटौंडाको गोल बाढीमा हाइल्याण्ड वारियर पाखा लाग्यो

लोकप्रिय



भर्खरै

महासमिति प्रतिनिधिमा कुमार गुरुङ (भण्डु)को उम्मेदवारी, जनजाति आरक्षणतर्फ चितवन–२ बाट दाबी

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

मैत्रीपूर्ण फुटसल प्रतियोगितामा प्रमुख सचिव टिम विजयी

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

तीजको महत्व

निर्माण व्यवसायी संघ मकवानपुरमा गोपालीको उम्मेदवारी, परिवर्तनको एजेन्डा अघि सार्दै

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 mail.ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology