Rato Samachar
Sun, 27 September, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
समाचार

राससलाई राष्ट्र र जनताको समाचारको संवाहकका रुपमा स्थापित गरिन्छ ः कार्यकारी अध्यक्ष झा

राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले राससलाई राष्ट्र र जनताको समाचारको संवाहकका रुपमा स्थापित गरिने बताउनुभएकोे छ । राससको भद्रकालीस्थित केन्द्रीय कार्यालयको नवनिर्मित भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले राससलाई २१औँ शताब्दीको अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्नसक्ने समाचार एजेन्सीका रुपमा विकसित गरिने जानकारी दिनुभयो । अध्यक्ष झाले भन्नुभयो, “रासस राष्ट्र र जनताको समाचारको संवाहक बन्नेछ । समावेशीता, बहुलबाद र प्रेस स्वतन्त्रलाई हामीले आत्मसात् गर्ने प्रयास गर्नेछौँ ।” उहाँले राससको अत्याधुनिक सुविधा सम्पन्न भवनको भरपुर उपयोग गर्दै सेवालाई समयसापेक्ष आधुनिकीकरण गरिने उहाँले जानकारी दिनुभयो । “यो भवन हाम्रा लागि अत्यन्तै महत्वपूर्ण रहनेछ । अत्याधुनिक सुविधा सम्पन्न भवनलाई लक्ष्यप्राप्तिको प्रतिकका रुपमा लिएका छौँ । सम्माननीय प्रधानमन्त्री ज्यू प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र सुदृढीकरणका लागि कति गम्भीर हुनुहुन्छ, भन्ने कुराको उदाहरण उहाँ (प्रधानमन्त्री) बाट नै भवन शिलान्यास र समुद्घाटन भयो । यसले पनि के देखिन्छ भने वर्तमान सरकार र सम्माननीय प्रधानमन्त्री ज्यू प्रेसको विकास र सम्वद्र्धनका लागि अत्यन्तै चिन्तित हुनुहुन्छ ।” कार्यकारी अध्यक्ष झाले भवनलाई अहिलेका अवस्थामा पु¥याउन चासो र सहयोग गर्नुहुने प्रधानमन्त्री, सञ्चार तथा सूचना प्रविधिमन्त्री र मन्त्रालयको टिम, प्रमुख निर्वाचन आयुक्त एवं सरोकारवालाप्रति हार्दिक आभार व्यक्त गर्नुभयो । सो अवसरमा राससका महाप्रबन्धक सिद्धराज राईले नागरिकलाई सूचनाको हक सुनिश्चितता गराउन, सामाजिक रुपान्तरणको अभियानमा हातेमालो गर्न र आधिकारिक सूचना सम्प्रेषण गर्नका लागि राससले आफूलाई अग्रमोर्चामा उभ्याएको बताउनुभयो । डिजिटल युगमा आफूलाई समयानुकूल परिवर्तन गरी सेवा प्रवाहको गुणस्तरमा सुधार गर्न, राससले हरसम्भव प्रयास गरिरहेको जनाउँदै उहाँले ‘सूचना र सञ्चार, जनताको अधिकार’ भन्ने मूल मन्त्रअनुसार राज्यले दिने सेवा र सरकारको कामका विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा सूचना सम्प्रेषण र प्रचारप्रचार गरेर राससले अलग्यै पहिचान बनाएको उल्लेख गर्नुभयो । महाप्रबन्धक राईले अनेकौँ आरोहअवरोह पार गर्दै राससले आफूले दिने सेवालाई विविधीकरण गर्दै भिडियो सेवा सुरुआत गरेको जानकारी दिनुभयो । यसअघि राससले नेपाली र अङ्ग्रेजी भाषामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार, फोटो र अडियो सेवा सञ्चालन गर्दै आएको थियो । महाप्रबन्धक राईले राससले आफ्नो सेवालाई प्रभावकारीरुपमा सञ्चालन गर्न केन्द्रीय कार्यालयसँगै सात वटा प्रदेश कार्यालय र ११ ठूला सहरमा कार्यालय सञ्चालन गरी सेवा प्रवाह गरिरहेको जानकारी दिनुभयो । समारोहमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ, प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया, राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुली, सञ्चार तथा सूचना प्रविधिमन्त्री मन्त्रालयका सचिव डा वैकुण्ठ अर्याल, सहरी विकास मन्त्रालयका सचिव डा रमेशप्रसाद सिंह, सञ्चार तथा सूचना प्रविधिमन्त्री मन्त्रालयका सहसचिव उत्तरकुमार खत्री ,प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत, नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेल तथा राससका पूर्वध्यक्ष तथा महाप्रबन्धकलगायत विभिन्न सञ्चारमाध्यमका प्रमुख तथा प्रतिनिधिको उपस्थिति थियो । समारोहमा भवन निर्माण कम्पनीका तर्फबाट आयोजना कार्यान्वयन इकाइलाई बुझाइएको भवनको साँचो राससका कार्यकारी अध्यक्ष झाले ग्रहण गर्नुभएको थियो । सोही अवसरमा प्रधानमन्त्री देउवाले सिद्धबाबा कन्स्ट्रक्सन प्रालिका प्रमुख दीपक कार्कीलाई सम्मानपत्र प्रदान गर्नुभएको थियो । समारोहमा पूर्वेली महिला नौमती बाजा संस्थाद्वारा पञ्चेबाजा प्रस्तुत गरिएको थियो । अत्याधुनिक भवन राष्ट्रिय समाचार समिति २०१८ फागुन ७ गते विधिवत् स्थापना भएको संस्था हो । सरकारको आधिकारिक समाचार समितिका रुपमा सुरुमा नेपाल संवाद समितिका रुपमा स्थापना भएको यो संस्थाको २०२८ सालमा ऐन संशोधन भयो र राष्ट्रिय समाचार समितिमा रुपान्तरण भएको हो । राससको केन्द्रीय कार्यालय भवन २०७२ सालको भूकम्पले क्षति गरेपछि दैनिक कार्य सञ्चालन गर्नसमेत कठिनाइ भएको थियो । यही सन्दर्भमा सहरी विकास मन्त्रालयअन्तर्गत केन्द्रीय आयोजना कार्यान्वयन इकाइ(भवन तथा आवास) को सहयोगमा राससको नयाँ भवन पुनःनिर्माण गर्ने कार्य भएको हो । सिद्धबाबा कन्स्ट्रक्सन प्राली काठमाडौँ–३१ शान्तिनगरले राससको पुनःनिर्मित दुई भवन निर्माण गरेको हो । विसं २०७४ साउन २६ गते सम्झौता भई यी भवन निर्माण सम्पन्न भएका हुन् । यी चार÷चार तला रहेको दुई भवनमा ५६ कोठा छ । दुवै भवनमा मल्टी प्रपोज हल, दुई वटा लिफ्ट, एयर कन्डिसन र फायरफाइटिङ सिस्टमलगायत अन्य सुविधा रहेको छ । यी दुवै भवनको निर्माण गर्न रु १६ करोड ८६ लाख ५२ हजार १२२ खर्च लागेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले विसं २०७४ कात्तिक ९ गते रासस भवनको शिलान्यास गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

महासमिति प्रतिनिधिमा कुमार गुरुङ (भण्डु)को उम्मेदवारी, जनजाति आरक्षणतर्फ चितवन–२ बाट दाबी

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

निर्माण व्यवसायी संघ मकवानपुरमा गोपालीको उम्मेदवारी, परिवर्तनको एजेन्डा अघि सार्दै

मकवानपुर गढीमा भूमिहीन६परिवारलाई जग्गाधनी पुर्जा

शवबाट कानको मुन्द्रा तानेको आरोपमा २ जना पक्राउ

अनेरास्ववियु हेटौंडा नगर कमिटीको अध्यक्षमा रिजन जीसी

रातो समाचार संवाददाता

बागमतीका मुख्यमन्त्री किरण थापाले आइतबार विश्वास लिने

रातो समाचार संवाददाता

हेटौंडाका विशालराज महतलाई आरोही व्यक्ति सम्मान

रातो समाचार संवाददाता

८० औं इन्डिपेन्डेन्स फुटबल, हेटौंडाको गोल बाढीमा हाइल्याण्ड वारियर पाखा लाग्यो

लोकप्रिय



भर्खरै

महासमिति प्रतिनिधिमा कुमार गुरुङ (भण्डु)को उम्मेदवारी, जनजाति आरक्षणतर्फ चितवन–२ बाट दाबी

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

मैत्रीपूर्ण फुटसल प्रतियोगितामा प्रमुख सचिव टिम विजयी

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

तीजको महत्व

निर्माण व्यवसायी संघ मकवानपुरमा गोपालीको उम्मेदवारी, परिवर्तनको एजेन्डा अघि सार्दै

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 mail.ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology