- बाग्लुङमा व्यवस्थापन बाग्लुङमा चट्याङ लागेर चैत मसान्तदेखि हालसम्म पाँच जनाको ज्यान गएको छ । जिल्लामा वर्षेनी चट्याङका कारण जनधनको क्षति बढ्दै गएको छ । नागरिकले पनि चट्याङबाट जोगिने उपाय अपनाउनु जरुरी भएको छ । जिल्लामा मनसुनबाट हुने विपद्का घटना बढ्दै गएपछि विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनको तयारीलाई तीब्र पारिएको छ । स्थानीय सरकार, सरोकारवाला र नागरिकले पूर्वतयारी, योजना र सावधानी अपनाएमा विपद्जन्य जोखिम न्यूनीकरण गर्न सकिन्छ । जोखिमयुक्त क्षेत्रको पहिचान, संवेदनशीलताका आधारमा यसको वर्गीकरण, विपद् प्रभावित क्षेत्रबाट नागरिकको स्थानान्तरण, पीडितलाई उद्धार र उपचारका लागि जनशक्ति व्यवस्थापन, उपकरणको स्थानान्तरण र शीघ्र व्यवस्थापनलगायत पूर्वतयारीका उपायहरू अपनाएमा विपद् जोखिम केही हदसम्म न्यूनीकरण गर्न सकिन्छ। स्रोत र साधनको व्यवस्था गरिएको छ। जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी गणेशप्रसाद पौडेलले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि सबै सरोकारवालालाई तयारी अवस्थामा राखिएको जानकारी दिए । ‘विपद् व्यवस्थापन समितिको बैठकपछि तयारी तीव्र पारिएको छ’, उनले भने । विपद् व्यवस्थापनको तयारी जुनसुकै बेला गर्नुपर्छ तर वर्षायाममा थप सतर्कता अपनाउनु पर्ने बताउँदै उनले भने, ‘जिल्लाका सबै स्थानीय तहमा विपद् व्यवस्थापन समितिहरू सक्रिय गरिसकेका छौं । त्यसका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले आवश्यक तयारी गरिरहेको उनले जानकारी दिए । जोखिम न्यूनीकरणका लागि तत्काल परिचालन गर्न स्थानीय सरकारलाई आफ्ना सम्पूर्ण उपकरण र उपकरण राख्न जानकारी गराइएको उनले बताए । “आवश्यक देखिएमा स्थानीय तहमा जिल्लास्तरीय विपद् व्यवस्थापन समिति परिचालन गरिन्छ।” विपद्बाट हुने जोखिम न्यूनीकरणका लागि सबै स्थानीय तहमा ‘क्विक रेस्पोन्स टिम’ गठन गरिएको छ । जिल्ला प्रशासनले मध्यपहाडी पुष्पलाल लोकमार्ग र लाइफलाइन सडक कालीगण्डकी करिडोरलाई नियमित सञ्चालन गर्न र विपद् व्यवस्थापनका लागि डोजर, स्काभेटर, एम्बुलेन्स र दमकल राख्न निर्देशन दिएको छ । —रासस



















प्रतिक्रिया दिनुहोस्