५०  घरधुरी  र  २३०  भन्दा  बढी  जनसङ्ख्या भएको खार्पुनाथ गाउँपालिका–३, काराङका गाउँवासीले काराङ खोलाको भूतले जन्मेको बच्चालाई खाइदिन्छ भन्ने विश्वास राख्दै आएका छन् । त्यसैले नवजात शिशुलाई काराङ खोला तराउने आँट यहाँका बासिन्दाले देखाउन सकेका छैनन् । सन्तान नजन्मिँदा देवीदेउतालाई भाकल गर्ने र बोका चढाउने यहाँको समाजले नवजात शिशुको सुरक्षाका लागि भन्दै खोला तर्न मान्दैनन् । राया स्वास्थ्य चौकीका संयोजक वीरसिंह रावलले खोलाको बाटो भएर हिँड्नुपर्ने भएपछि कोही पनि गर्भवती बच्चा जन्माउनका लागि स्वास्थ्य केन्द्र आउन नमानेको बताए । आजको गोरखापत्र दैनिकमा  बाट साभार गरिएको छ ।