Rato Samachar
Sun, 4 October, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
समाचार

प्राकृतिकभन्दा मानवीय कारणले विपद्को जोखिम वृद्धि

प्राकृतिकले भन्दा मानवीय कारणले मुलुकमा विपद्को जोखिम वृद्धि भइरहेकोले यसतर्फ सबैले ध्यान दिनुपर्ने सहभागीले सुझाव दिनुभएको छ । उहाँहरुले विपद्कोष रकमलाई रोकथामका लागि प्रयोग गर्नुपर्ने धारणा राख्नुभयो । गृह मन्त्रालय राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण काठमाण्डौँद्वारा आज यहाँ आयोजित प्रदेशस्तरीय विपद्सम्बन्धी अन्तक्र्रिया तथा अभिमुखीकरण कार्यक्रममा सहभागीले पूर्वाधार निर्माणमा वैज्ञानिक आधार तय गरी क्षति न्यूनीकरण गर्न सरोकारवालासँग समन्वय गर्नुपर्ने आवश्यक्ता औँल्याउनुभएको छ । मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले राहत तथा पुनः स्थापना कार्यलाई स्थानीय तह केन्द्रीत व्यवस्था हुनुपर्ने बताउनुभयो । उहाँले जिल्लामा बाढीपहिरो जस्ता विपद्का समयमा उद्धार जनशक्ति उत्पादन गर्न अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिँदै स्थानीय तह विपद् कोषमा न्यून रकम भएकाले थप गर्नुपर्ने आवश्यक्ता आँैल्याउनुभयो । प्राधिकरणका सहसचिव हरिप्रसाद घिमिरेले भावि योजना र विगतमा गरेको कामको कार्यपत्र प्रस्तुत गर्दै सबैको हातेमालोले विपद् जोखिम न्यूनीकरण गर्न सकिने धारणा राख्नुभयो । उपसचिव डा डिजन भट्टराईले प्रदेश तथा जिल्लामा रहेको जोखिमका सम्बन्धमा जानकारी लिनाका साथै केन्द्रले निर्माण गरेको नीति सम्बन्धमा जानकारी गराउनु कार्यक्रमको उद्देश्य रहेको बताउनुभयो । प्रदेश नं १ आन्तरिक मामिला तथा कानुन मन्त्रालयले विपद् व्यवस्थापनसम्बन्धी कोषमा रु तीन करोड ५० लाख रहेको र यसलाई उद्धार कार्यमा खर्च गरिने जानकारी दिइयो । अभिमुखीकरणमा गृह मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, सशस्त्र प्रहरी, नेपाल प्रहरी, विपद् उद्धार कार्यमा सहयोग गर्ने विभिन्न सङ्घसंस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो

रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

बाढीपछि भग्नावशेषमा बितेका १० दिन : उद्धारसँगै मानवताको खोजी

हेटौंडा-१५सेल्फी डाँडा नजिक २ महिना अघि मृत अवस्थामा भेटिएको महिलाको पहिचान खुल्यो

कांग्रेस महाधिवेशन: प्रतिनिधि बनिन् १८ वर्षकी अभिप्सा पौडेल

महासमिति प्रतिनिधिमा कुमार गुरुङ (भण्डु)को उम्मेदवारी, जनजाति आरक्षणतर्फ चितवन–२ बाट दाबी

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

निर्माण व्यवसायी संघ मकवानपुरमा गोपालीको उम्मेदवारी, परिवर्तनको एजेन्डा अघि सार्दै

मकवानपुर गढीमा भूमिहीन६परिवारलाई जग्गाधनी पुर्जा

शवबाट कानको मुन्द्रा तानेको आरोपमा २ जना पक्राउ

अनेरास्ववियु हेटौंडा नगर कमिटीको अध्यक्षमा रिजन जीसी

रातो समाचार संवाददाता

लोकप्रिय



भर्खरै

बाढीपछि भग्नावशेषमा बितेका १० दिन : उद्धारसँगै मानवताको खोजी

हेटौंडा-१५सेल्फी डाँडा नजिक २ महिना अघि मृत अवस्थामा भेटिएको महिलाको पहिचान खुल्यो

कांग्रेस महाधिवेशन: प्रतिनिधि बनिन् १८ वर्षकी अभिप्सा पौडेल

रंगमञ्च यात्रालाई निरन्तरता दिँदै आरुष मगर, ‘आयो गोर्खाली’को अन्तिम मञ्चनको तयारीमा

महासमिति प्रतिनिधिमा कुमार गुरुङ (भण्डु)को उम्मेदवारी, जनजाति आरक्षणतर्फ चितवन–२ बाट दाबी

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 mail.ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology