स्थानिय निर्वाचन २०७९ मा निर्वाचित जनप्रतिनिधिको लागि स्थानीय सरकार संचालन र स्थानीय विकास सम्बन्धी अभिमुखीकरण कार्यक्रम सुरु भएको छ ।

कार्यक्रममा प्रदेश सरकारका मन्त्रीहरु, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव , प्रमुख जिल्ला अधिकारी सुरक्षा निकायका प्रमुख र १३ जिल्लाका महानगर, उपमहानगर, नगर र गाउँपालिकाका प्रमुख र उपप्रमुखहरुको सहभागिता रहेको छ ।

बागमती प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको आयोजनामा हेटौंडामा २ दिने अभिमुखीकरण कार्यक्रम सोमबारबाट सुरु भएको हो ।
प्रदेश सरकारका प्रमुख सचिव मुकुन्द प्रसाद निरौलाको सभाध्यक्षता तथा मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेको प्रमुख अतिथ्यतामा दुई दिने कार्यक्रम सुरुभएको हो ।

सुशासन केन्द्रको सहयोग तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सहजिकरणमा गरिएको कार्यक्रमममा राष्ट्रिय सभा सदस्य डा. खिमलाल देवकोटाले स्थानीय सरकार संचालन र विकासबारे आफ्नो कार्यपत्र प्रस्तुत गरेका हुन् ।