हेटौंडा उपमहानगरपालिका वडा नम्वर–४ को वडाध्यक्षमा विजयी भएका नविन सिग्देलले अबको ५ वर्षको अबधीमा आर्कषक वडा निर्माण गरिने बताएका छन् ।

स्थानिय तहको निर्वाचन २०७९मा हेटौंडा ४ को वडाध्यक्षमा निर्वाचित भएका नेकपा एमालेका नविन सिग्देलले वडालाई हिलो मुक्त, धुलो मुक्त, खाडल मुक्त,ढलयुक्त,उज्यालो र हरियाली सहितको वडा बनाउने अभियान रहेको बताएका हुन् ।

जनताले गरेको विश्वास अनुसार काम गर्ने र २४ घण्टै जनताकै काम गर्ने प्रतिवद्धता जनाए ।

एमालेका सिग्देललले कांग्रेसका उम्मेदवार हरिप्रसाद पौडेललाई पराजित गरेर पुनःदोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । सिग्देलले २,११२ मत प्राप्त गर्दा कांग्रेस नेतृत्व गठबन्धनका उम्मेदवार पौडेलले २०२३ मत प्राप्त गरेका थिए ।

 

हेटौंडा उपमहानगरपालिका वडा नम्वर–४ को वडाध्यक्षमा विजयी भएका नविन सिग्देललले के भने त ?
जानकारीका लागि तल भएको भिडियो हेर्नुहोस् ।