बैसाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि राजनीतिक दलहरू चुनाव केन्द्रित भएका छन् ।

राजनितिदल तर्फबाट र स्वतन्त्र बागी उम्मेदवारी समेत दिएका छन् ।

यसैक्रममा हेटौंडा उपमहानगरपालिकाको मेयरका लागि दलहरुको पक्षबाट नजिकीदैरहेको निर्वाचनमा गठबन्धनबाट उपमहानगरको नेतृत्वमा नेकपा एकीकृत समाजवादीको तर्फबाट मिना कुमारी लामा नेकपा एमालेबाट अनन्त पौडेल र राप्रपाबाट दीपक बहादुर सिंह चुनावी युद्धमा छन् ।

दलहरुको पक्षबाट  उम्मेदवारको त्रिपक्ष भिडन्तका विचमा  मेयरका लागि स्वतन्त्र उम्मेद्वार बन्दै लिलाकुमारी आचार्य बबिता पनि मैदानमा छिन् ।

 

राजनीतिक दलले पटक–पटक जितेपनि आम जनताको जीवनमा कुनै परिवर्तन नभएको अवस्थामा परिवर्तन ल्याउनका लागि आफ्नो उम्मेदवारी रएको बबिता बताउछिन् ।

हेटौँडा उपमहानगरपालिका वडा नंबर १९ कि स्थायी वासिन्दा तथा युवा ब्यवसायी समेत रहेकि बबिताले चुनाव चिन्हमा कैँची’ पाएपछि आफ्नो योजना सहितको घोषण पत्र सार्वजनिक गरेकी छन् ।

बबिता भन्छिन् “पालिकामा जनताको कामगर्ने राम्रो जनप्रतिनिधि को आवश्यक छ । जनतामा रहेको आकांक्षंको पक्षमा उभिएर भएका बेतिथीको अन्त्य गरि अहिले सम्म राजनिती गर्नेहरुले समाजमा गर्न नसकेको काम गर्न मैले उम्मेदवार दिएकी हुँ ।

हेटौंडा उपमहानगरपालिकाको आम्दानी वृद्धि तर्फ:

१)  राजस्वको दायरा फराकिलो बनाई राजस्व चुहावट नियन्त्रण गर्ने छु ।।

२) उच्च प्रतिफल प्राप्त क्षेत्रमा निजि क्षेत्र सहकारी क्षेत्र र उप-महानगरपालिकाको साझेदारी लगानी गर्ने निति बनाउने छु।

३) घर जग्गा नामसारी रजिष्ट्रेसन सम्बन्धि क्रियाकलापको प्रभावकारी अनुगमनगरि वास्तविक मूल्यको रजिष्ट्रेसन शुल्क कायम गरि
किनवेच गर्ने बाताबरण मिलाउने छु। ४) नगर भित्रका सबै किसिमका सानाठुला सबारी र व्यवसायलाई नगरपालिका भित्र आबद्धगर्ने छु।

५) नगदे बाली र उच्च प्रतिफल दिने वन्य जल्ने बस्तुको उत्पादन गर्ने समुदायलाई प्रोत्साहन र सहयोग गर्नेछु।

मेरो पाँच बर्षिय प्रतिबद्धताहरुः

१) शहरी सडकहरु सबै तोकिएको मापदण्ड अनुसार कालो पत्रे गर्ने छु, सडक किनारमा पेटीको अनिवार्य व्यवस्था गर्नेछु।

३) शहरी क्षेत्रमा आकर्षक सन्दर विरुवा रोप्ने छ, नगर क्षेत्र सबै स्थानमा ढल व्यवस्थापन गर्नेछु ।।

४) शहरी क्षेत्रमा रहेको बिजुलिका तारहरु, t.v. enternets का तारहरु लाई भुमिगत प्रणाली बाट बितरन गर्ने व्यवस्था गर्ने छु।

५) गुम्बा डाडाँमा मूर्तिकला संग्रहालयलाई आझ बढी बिस्तार गरि अन्तर्राष्ट्रिय स्तरको पर्यटकिय क्षेत्र बनाउने छु, नेपाली
तथा विदेशी पर्यटक आकर्षण गर्न हेटौडा अन्तराष्ट्रिय आकर्षणको केन्द्र बनाउन पहल गर्ने छु।।

६) प्लटिङ व्यवसायलाई सामाजिक क्षेत्रमा लगानी बढाउन प्रोत्साहन गर्ने नीतिबनाउने छु।

७) विधुतिय नगर बस संचालन गरि जेष्ठ नागरिक, एकल महिला र जपागता भएका व्यक्तिहरु लाई निशुल्क व्यवस्था गर्ने छु।

८). वजार क्षेत्रमा निश्चित पार्किड एरिया बनाउने छु, स्वच्छखाने पानी २४ सै घण्टा उपलब्ध गराउने व्यवस्था गर्ने छु।।

9). नगरपालिका वाट प्रदान गर्ने सबै प्रकारका नियमित प्रशासनिक कार्यहरू वडाहरु वाट सम्पाद नगर्ने व्यवस्था गरि नगरपालिकालाई ।
विवाद समाधान र नीति निमार्ण गर्ने जङ्गको रुपमा विकास गर्ने छु। न्यून आय भएका गरिब परिवार को स्वास्थ सेवा
र शिक्षाको लागि कल्याण कोष स्थाना गरि संचालन गर्ने छ।

१०. लाग, पदार्थको बिक्री बितरणको कडा निगरानी गरि सुविधा सम्पन्न सुधार केन्द्रको व्यवस्था गर्ने छु।।

११. रोजगारी श्रृजना गर्नका लागि औद्योगिक क्षेत्र स्थापना गर्ने छु। (प्रत्यक्ष रोजगारी : ७५ प्रति उद्योग )

१२. ३०. औद्योगिक क्षेत्रको स्वामित्व महिला उधमिहरुको लागि जारक्षित गर्ने, अतिविपन्न वर्गका जनतालाई आक्सको व्यवस्था गर्ने छु।

१३. शिक्षा, स्वास्थ, क्षेत्रमा योजना बनाउदै ,अस्पतालमा नर्स, डाक्टर, विभिन्न विभागका कर्मचारीहरु नगर भित्रै वाट उत्पादन गर्ने योजना अगाडि सार्ने छु ।