रोशन दिप – बागमती प्रदेशको राजधानी हेटौडा उपमहानगरपालिका वडा नं ८ कमाने स्थित चन्द्रोदय स्कुलको खेलमैदानमा जारी (U-60Kg) 8A side नक आउट फुटबल प्रतियोगिताको शनिबार फाइनल खेल भएको छ ।

हुप्रा सिटीले कर्णावती युवा क्लबलाई २-० गोल अन्तरले पराजित गर्दै फाइनलमा बिजयी भएको हो ।
खेलबाट बेस्ट किपर शक्ति मोक्तान (क), बेस्ट डिफिन्डर बिकास तितुङ (हु) घोषित भएका छन् र हाई स्कोर कबिर लामाले प्राप्त गरेका छन् भने खेलका म्यान अफ द म्याच बिश्वास भोलन घोषित भएका छन् ।

कर्णावती युवा क्लबको आयोजनामा भएको (U-60Kg) 8A side नक आउट फुटबल प्रतियोगितामा १५ वटा टोलीको सहभागी थिए ।
८ नं वडा अध्यक्ष राम कृष्ण थापाको प्रमुख अतिथ्यतामा सम्पन्न भएको प्रतियोगिताको उपाधि विजेता हुने टिमले नगद ३० हजार रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त प्राप्त गरेका छन् भने उपविजेता हुने टिमले नगद १५ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्।