रोशन दिप – बागमती प्रदेशको राजधानी हेटौडा उपमहानगरपालिका वडा नं ८ कमाने स्थित चन्द्रोदय स्कुलको खेलमैदानमा जारी (U-60Kg) 8A side नक आउट फुटबल प्रतियोगिताको दोस्रो दिनको खेल सुरु भएको छ।
आइतबार दोस्रो दिनमा भएको पहिलो खेल लेभल अप मकवानपुर र कालिकामाई टोल बिच भएको थियो जुन गोल रहित बराबरीका साथ सकियो। त्यसपछि खेल पेनाल्टी सुटआउटमा धकेलिंदा कालिकामाई टोलले लेभल अप मकवानपुरलाई ३-२ गोल अन्तरले पराजित गरेको थियो ।
दोश्रो खेलमा समाज कल्याणले सिमपानीलाई १-० गोल अन्तरले पराजित गरेको थियो। त्यसै गरी विकास टोल र देवनगर बिच भएको तेस्रो खेलमा दुबै टिमले १-१ गोलको बराबरीमा खेल खेलेका थिए । जसमा खेल पेनाल्टी सुटआउटमा धकेलिंदा देवनगरले विकास टोललाई ३-२ गोल अन्तरले पराजित गरेको थियो ।
त्यसै गरी माघ १ गते सोमबार ३ वटा खेल हुनेछ। पहिलो खेल बिहान ७ बजे तितेपानी एफ।सी र फायरलाइन एफ।सी, दोश्रो खेल दिउँसो १ बजे नागस्वती युवा क्लब र मर्निङ स्टार तथा तेस्रो खेल राम नगर युवा क्लब र मनकामना टोल बिच हुनेछ।
कर्णावती युवा क्लबको आयोजनामा भएको (U-60Kg) 8A side नक आउट फुटबल प्रतियोगितामा १५ वटा टोलीको सहभागी छन् । प्रतियोगिताको उपाधि विजेता हुने टिमले नगद ३० हजार रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन भने उपविजेता हुने टिमले नगद १५ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले बताएका छन् ।


























प्रतिक्रिया दिनुहोस्