रोशन दिप – बागमती प्रदेशको राजधानी हेटौडा उपमहानगरपालिका वडा नं ८ कमाने स्थित चन्द्रोदय स्कुलको खेलमैदानमा जारी (U-60Kg) 8A side नक आउट फुटबल प्रतियोगिताको क्वाटरफाइनल खेल सुरु भएको छ। क्वाटरफाइनल अन्तरगत २ खेलबाट हुप्रा सेटी र कर्णावती सेमिफाइनल प्रवेश गरेको छ ।
मङ्गलबार चौथो दिनमा भएको पहिलो क्वाटरफाइनल खेल देवनगर एफ.सी र हुप्रा सिटी बिच भएको थियो। जसमा हुप्रा सिटीले देवनगर एफ.सीलाई १-० गोल अन्तरले पराजित गरेको हो भने दोश्रो खेलमा कर्णावतीले कालिकामाईलाई १-० गोल अन्तरले पराजित गरेको थियो।
त्यसै गरी माघ ३ गते बुधबार क्वाटरफाइनल अन्तरगत २ खेल हुनेछ। पहिलो खेल दिउँसो १ बजे समाज कल्याण र राम नगर युवा क्लब बिच हुनेछ भने दोस्रो खेल दिउँसो ३ बजे फायरलाइन एफ.सी र मर्निङ स्टार बिच हुनेछ।
कर्णावती युवा क्लबको आयोजनामा भएको (U-60Kg) 8A side नक आउट फुटबल प्रतियोगितामा १५ वटा टोलीको सहभागी छन् । प्रतियोगिताको उपाधि विजेता हुने टिमले नगद ३० हजार रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन भने उपविजेता हुने टिमले नगद १५ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले बताएका छन् ।



























प्रतिक्रिया दिनुहोस्