जनता समाजवादी पार्टी नेपाल द्धारा मकवानपुर सुकौराको वडा नम्बर१८ लालभित्तेमा पार्टी टोल कमिटी गठन गरिएको छ ।

सङ्घीयता, सुशासन, समृद्धि र समाजवाद समुन्नत सङ्घीय समाजवाद–जिन्दावाद भन्ने नारा सहित पुर्ण बहादुर स्याङ्तानको अध्यक्षतामा ११ सदस्यीय कमिटी गठन गरिएको हो ।

गठन कमिटीको उपाध्यक्षमा युद्ध बहादुर लामा, सिचवमा गणेश स्याङतान, कोषाध्यक्षमा सिता लामा चयन भएकी छन्।

त्यस्तैगरि सदस्यहरुमा निशा लमा, सुमन घलान, सुर्य बहादुर घलान,ज्ञान बहादुर थिङ, अनिता घलान, सुस्मिता घलान र बुद्धि बहादुर मोक्तान रहेका छन् ।

मनहरी वडा नम्बर ८ स्थित बेलुवामा शनिबार एक कार्यक्रमको आयोजना गर्दै संयुक्त भेला सम्पन्न गरिएको हो ।उक्त कार्यक्रममा पार्टी प्रवेश समेत गरेका थिए ।

युद्ध बहादुर लुङ्वा लामाको सभाध्यक्षता जनता समाजवादी पार्टी नेपाल संघिय परिषद्का अध्यक्ष शुभरत्न गोले तामाङको प्रमुख अतिथ्यतामा सम्पन्न कार्यक्रममा जसपा तामसालिङ राष्ट्रिय समिति सदस्य देवराज स्याङतान,सुबोध घलान, मानसिं मोक्तान जसपाका युवा नेता लगायतको उपस्थिति रहेको थियो ।