मकवानपुरको राक्सिराङ र कैलाश गाउँपालिकामा चिसोबाट पीडितहरुका लागि न्यानो कपडा वितरण गरिको छ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डे द्धारा विकट क्षेत्रमा पर्ने गाउँपालिकामा  चिसोबाट पीडित स्थानीय हरुलाई विहीबार न्यानो कपडा वितरण गरिएको हो ।

जिल्ला विपद् व्यवस्थापन समिति, मकवानपुरलाई विभिन्न सहयोगीहरुबाट प्राप्त भएको न्यानो कपडाहरु चिसोबाट प्रभावित एवं जोखिममा रहेको गाउँपालिकाबाट पहिचान गरिए अनुसार अति विपन्नमा पर्ने चेपाङ र दलित समुदायहरुमा वितरण गरिएको हो ।

सहयोगीहरुबाट ४सय थान कम्बल, ३सय थान ज्याकेट र १सय थान न्यानो पछ्यौरी प्राप्त भएको र सोही सामाग्रीहरु वितरण गरिएको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए ।

जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका प्रमुख जिल्ला अधिकारी पाण्डेले चेपाङ र दलित समुदायका बालबालिका, एकल महिला र वृद्धवृद्धालाई न्यानो कपडा वितरण गरिएको बताए ।

चिसोले समस्या परेकै समयमा न्यानो कपडा पाएपछि गाउँपालिका बासीहरुले खुशी व्यक्त गरेका थिए ।