नेकपा माओवादी केन्द्रको हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ समिति कार्यालयको उद्घाटन गरिएको छ ।
वडा नम्बर २स्थित मनकामना चोकमा प्रदेश समितिका उपाध्यक्ष तथा संसद प्रेम बहादुर पुलामी छिन्तुले उद्घाटन गरेका हुन् ।
उद्घाटन कार्यक्रममा बोल्दै चुनावी गठबन्धन दलहरुलाई असर नपर्ने ढंगले आफ्नो चुनावी गतिविधि गर्नुपर्ने पर्ने बताए ।
कार्यक्रममा जेष्ठ कम्युनिष्ट मञ्च बागमती प्रदेशका सदस्य चन्द्र प्रसाद घिमीरे जिल्ला समन्वय समिति सदस्य कमल चन्द्र सुमन, तारानाथ सिन्तान, कृष्णप्रसाद घिमिरे, नगर उपाध्यक्ष गुणराज घिमिरे शंकर, नगर सदस्य रामचन्द्र बर्तौला र जित बहादुर कँडेल लगायतको उपस्थिति रहेको थियो ।























प्रतिक्रिया दिनुहोस्