बागमती प्रदेशको राजधानी हेटौँडा स्थित ४ कर्रामा उद्घाटन गरिएको मकवानपुर जिल्ला तेक्वान्दोकवर्ड हलका लागि राजुरत्न बज्राचार्यले रकम सहयोग गरेका छन् ।

हेटौंडा १० टिसिएन रोडमा अवस्थित होराईजन अटो प्रा.लि. बजाज शोरुमका प्रोपाइटर बज्राचार्यले तेक्वान्दोकवर्ड हलका लागि १ लाख ११ हजार १ सय११ रुपैया सहयोग गरेका हुन् ।

हेटौंडा उप महानगरपालिकाका मेयर हरिबहादुर महतद्धारा सोमबार उद्घाटनलगरिएको तेक्वान्दो कवर्ड हलकालागि उक्त रकम कार्यसमितिका अध्यक्षलाई हस्तान्तरण गरेका हुन् ।

शोरुम सञ्चालक र खेलाडी समेत रहेका बज्राचार्यले स्व। पिता युग रत्न बज्राचार्य को सम्झनामा हस्तान्तरण गरिएको बताए ।

कार्यसमितिका अध्यक्ष लालकाजी रत्न बज्राचार्यलाई रकम हस्तातरण गर्दै  आफुपनि खेल प्रेमी भएकाले थप सहयोगकालगि सहयोग गरेको बताए ।

सबैको साथ र सहयोगका कारण निमार्ण कार्यमा सफलभएको र खेलकै लागि सहयोग गरेकोमा कार्यसमितिका अध्यक्ष लालकाजी रत्न बज्रचार्यले धन्यवाद दिए ।