हेटौंडाकी एक युवतीलाई छुरा प्रहार गरि एक व्यक्ती फरार भएका छन् ।
हेटौंडा–७ स्थित अनिशा राईलाई हेटौंडाका २९ वर्षीय सिर्जन यादवले छुरा प्रहर गरी फरार भएको जानकारी आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
छुरा प्रहारले घाइते राईलाई हेटौंडाको चुरेहिल अस्पतालमा उपचारका लागि लगिएको थियो ।
मानव अधिकार सम्बन्धि र मानव बेचबिखन विरुद्धकोलागि सानाहातहरु नेपालमा रहेर सामाजिक कार्यमा कार्यारत राइको हेटौंडामा उपचारपश्चात् थप उपचारका लागि काठमाडौं रिफर गरिएको हो ।
काठमाडौंको ट्रमा सेन्टरमा राईको उपचार भइरहेको छ ।
हेटौंडा–८, कमाने स्थित स्मृति टोलमा शुक्रबार साँझ राईलाई लाई छुरा प्रहार गर्ने युवकलाई प्रहरीले पक्राउ गर्न सकेको छैन ।
घाइते परिवार पक्षले हत्या गर्ने मनासय राखेर छुरा प्रहार गरेको र दोषीलाई तत्काल खोजी गरी कानुनी दायरमा ल्याउन आग्रह गरेका छन् ।
दोषिलाई पक्राउ गर्न नसक्नुले प्रहरीको काम कारवाही फितलो भएको स्थानियहरुको भनाई छ ।
यसैक्रममा घटनाका आरोपी यादवको खोजी कार्य तीब्र गतिमा भइरहेको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी जयश्वर रिमालले बताए ।
डिएसपी जयश्वर रिमालले भने “आरोपीको खोजी गरिरहेका छौँ । हामीलाई आएको जानकारी अनुसार सबैतिर सुचित गरेर पक्राउ गर्ने प्रक्रिया गरेका छौँ । हामीले आरोपीलाई पक्राउ गर्न नेपाल प्रहरीको सबै स्रोत प्रयोग गरेका छौँ । पक्राउ गर्छौँ । त्यसपछि घटनालाई खुलस्त पार्छौँ । अहिले थप बोल्द मिल्दैन । घटनाको दोषीलाई पक्राउ गरि कारवाही गर्न नेपाल प्रहरी पछि पर्ने छैन ।”























प्रतिक्रिया दिनुहोस्