हिमपातका कारण बुधबार बिहानदेखि अवरुद्ध रहेको त्रिभुवन राजपथ सडक खण्ड सुचारु भएको छ ।

मकवानपुरको थाहा नगर  सिमभञ्याङ र दामन क्षेत्रमा अवरुद्ध रहेको त्रिभुवन राजपथ सडक खण्डमा ३६ घण्टा पछि यतायात सञ्चालनमा आएको हो ।

मङ्गलबार रातिदेखि वर्षा भएसँगै थाहा नगरपालिकाको सीमभञ्ज्याङ, दामन अघोरलगायतका स्थानमा बाक्लै हिउँ परेपछि बुधबार बिहानदेखि  यतायात सञ्चालन बन्द भएको थियो ।

बुधबार रातिदेखि वर्षा रोकिएपछि बिहीबार बिहानैदेखि सडक खुलाउने प्रयास भएको थियो भने सडक डिभिजन कार्यालय र थाहा नगरपालिकाको समन्वयमा हिउँ हटाइए सँगै यातायात सञ्चालनमा आएको हो ।

भारी हिमपात भए पश्चायत  हिउँ खेल्नका लागि मकवानपुर लगायत आसपासका  जिल्लाहरुबाट जनेहरुको भने घुइँचो भएको छ ।

सडकमा भएको हिउँ पन्छाएर यातायात सेवा सञ्चालन गरिएको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ ।