मकवानपुर । नीजि तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याव्सन) अध्यक्षमा विनोद सुवेदी चयन भएका छन् ।

सोमबार सम्पन्न १७ औं वार्षिक साधारणसभा तथा आठौं जिल्ला अधिवेशनमा  यसअघि कार्यबाहक अध्यक्षमा रहेका सुबेदी अध्यक्षमा चयन भएका हुन् ।

वरिष्ठ उपाध्यक्षमा राजकुमार नहर्की, उपाध्यक्षमा लक्ष्मी श्रेष्ठ, सचिवमा नविन केसी, कोषाध्यक्षमा विष्णुहरि सुवेदी, सहसचिवमा उपेन्द्र सुवेदी, सह कोषाध्यक्षमा रामबाबु सापकोटा चयन भएका छन् ।

प्याबसन मकवापनुरको खुल्ला सदस्यहरुमा रमिता पाण्डे, केशव प्रसाद मुडभरी, भरत सापकोटा र गीता आचार्य चयन भएका छन् ।
यसैगरि पालिका सदस्यमा गोविन्द प्रसाद चौलागाई, ओम कुमार आले चयन भएका हुन् ।

कार्यक्रममा संस्थापक, पत्रकार, शिक्षक र कर्मचारीहरूलाई सम्मान समेत गरिएको छ ।

कार्यक्रममा पत्रकारहरू अशोकसुजन श्रेष्ठ, सम्झना रिजाल र श्रीजना नेपाल तथा प्याब्सनका संस्थापक आशिष श्रेष्ठ, मदनकुमार दाहाल, केशवलाल श्रेष्ठ, गणेशकुमार श्रेष्ठ, विष्णुप्रसाद अधिकारी, बद्री पुडासैनी र मातृका प्रसाद ढुङ्गानालाई सम्मान गरिएको हो ।

साथै, संस्थागत विद्यालयका शिक्षकहरू शशीकला घिमिरे, निर्मल पराजुली, तारा खड्का कार्की, सरोज यादव र सरस्वती पौडेल तथा कर्मचारीहरू डम्बर बहादुर रजान मगर र जगन्नाथ ढुङ्गाना सम्मातिन भएका हुन् ।

प्याब्सन मकवानपुरका कार्यवाहक अध्यक्ष विनोद सुवेदीको सभाध्यता बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा केन्द्रीय सल्लाहकार आशिष श्रेष्ठ, बागमती प्रदेश अध्यक्ष थकिन गुरुङको विशिष्ठ आतिथ्य रहेको थियो ।

प्याब्सन केन्द्रीय सह–कोषाध्यक्ष ग्रेस श्रेष्ठ, केन्द्रीय सदस्य मदनकुमार दाहाल, प्याब्सन काठमाडौंका सचिव प्रल्हाद खनाल हेटौंडा उप–महानगरपालिका वडा नम्वर ६ का अध्यक्ष अर्जुन चौलागाईं, वडा नम्वर ७ का अध्यक्ष राजन थापा लगायतको आतिथ्ता रहेको थियो ।