भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले बिकासको कामममा सधै अग्रसर रहेको बताएका छन् ।
उनले अध्यक्षमा निर्वाचित भएपछि पालिकाको समस्याहरु समाधानमा सधै लागेको र सडक निमार्ण देखि गुणस्तरीय शिक्षाको निम्ति काम गर्ने र स्वास्थ्य क्षेत्रमा  चासो लिएको बताए ।
गाउँपालिकाको नीति तथा योजना अघि सारेर
विकास र निर्माणका कामहरुमा भौतिक पूर्वाधारहरु बाटो, पुल निर्माण, भवन निर्माण जस्ता कार्यहरुसंगै सामाजिक र आर्थिक परिवर्तनहरुका लागि पनि काम गरिरहेको बताए ।

प्रत्येक वडा–वडामा प्राथमिक स्वास्थ्य इकाई राख्ने, शिक्षामा सुधार ल्याउन बाल केन्द्र देखि नै अंग्रेजी माध्यमको पढाई सुरु गर्ने पहल गरेर महिला, दलित, शारिरिक अशक्तक भएका व्यक्ति, जेष्ठ नागरिक, जनजातिको हकमा समेत काम गरेको बताए ।
तेस्रो गाउँसभा समेत गरेको र शिक्षा क्षेत्रलाई अग्रभागमा राखि सुपिङ स्कुलमा बालि विज्ञान र महेन्द्र माविमा सिभिल सब–ओभरसियर शिक्षा प्रदान गर्ने कार्य गर्दै आइरहेको अध्यक्ष लामाले बताए ।

बागमती प्रदेशको मुख्यमन्त्रीमा डोरमणि पौडेल रहदाभीमफेदीको इतिहास, पुरात्विक महत्वलाई बचाउन प्रदेश सरकारले पालिकामा ६२ वटा योजना पारिदिएको समेत उनले बताएका हुन् ।
भीमफेदी मरेको सहरका रुपमा धेरै समयसम्म रहेकोले अव यहाँ विकासका मुहान फुट्ने उनले बताए । उनले सक्षम नेतृत्वलाई जिताएकै कारण भीमफेदीमा विकास भएको बताए ।
महिलाहरुलाई सिपमूलक तालिमको व्यवस्था गर्ने र पर्यटकीय क्षेत्रको विकासमा झर्ना व्यस्थापन, पिकनिक स्पोर्ट, बन्जीजम्प निर्माण कार्य पनि योजनामा ल्याइएको समेत उनको भनाई छ ।
कार्यालय सहयोगीहरुको अभाव भएतापनि बिषयगत काम गर्न पालिकाको सबै तहका जनप्रतिनिधि कर्मचारी खटिएर काम गरेको बताए ।