भिमफेदी गाउँपालिका अन्तरगर्त सामाजिक सुरक्षा भत्ता वितरणी गर्ने सम्बन्धि सूचना जारी गरिएको छ। गाउँपालिकाका वडा नं. ४,५,६,७ र ८ मा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरुको चालु आर्थिक वर्ष २०७८ र ०७९ को दोस्रो त्रैमासिक सामाजिक सुरक्षा भत्ता बैंक मार्फत वितरण गरिने जनाएको छ ।

पालिकाद्धारा एक सुचना जारी गर्दै सामाजिक सुरक्षा भत्ता लिनका लागि आफ्नो लाभग्राही परिचय(पत्र, नेपाली नागरिकताको प्रमाण पत्र र माक्स अनिवार्य लगाएर आउनु पर्नेछ जनाईएको हो ।

त्यस्तै गरि नयाँ लाभग्राहीहरुका लागि लाभग्राहीको उपस्थिति बिना नै खाता खोली रकम जम्मा गरिएको जानकारी गराउदै कागजातको साथमा सेन्चुरी कमर्सियल बैंक लिमिटेड, भीमफेदी शाखामा आफु स्वयम् तथा संरक्षकमात्र उपस्थित भई खाता सक्रिय गराई भत्ता रकम बुझिलिन अनुरोध गरिएको छ ।

नयाँ लाभग्राहीहरुले बैंक खाता सक्रिय गराउन बैंकमा जाँदा नेपाली नागरिकताको प्रतिलिपी तथा बालबालिकाको हकमा जन्मदर्ता प्रमाण पत्रको प्रतिलिपी१ प्रति, २ सामाजिक सुरक्षा भत्ताको परिचयपत्र, ३ लाभग्राहीको हालसालै खिचिएको रंगिन पासपोर्ट साइजको फोटो २ प्रति, ४ क तथा ख वर्गको अशक्त भएका लाभग्राहीको परिचयपत्रको प्रतिलिपी १ प्रति, संरक्षक आवश्यक पर्ने अति अशक्त जेष्ठ नागरिक, दलित बालबालिका र क वर्गको अशक्त भएका लाभग्राहीको हकमा संरक्षकको लागि वडाको सिफारिस र संरक्षकको नागरिकताको प्रतिलिपी १ प्रति र पासपोर्ट साइजको फोटो २ प्रति लिएर जानुपर्ने छ ।

४, ५, ६, ७ र ८ नं वडा कार्यालय, भीमफेदी मकवानपुर ।बैङ्कसंग आवश्यक समन्वय तथा सहजिकरण गर्न र सेन्चुरी कमर्सियल बैंक लिमिटेड, भीमफेदी शाखा या सम्बन्धीत वडा कार्यालयसंग समन्वय गरी सेवा लिन सकिने जनाईएको हो ।

सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखामा या सृजनामाया स्याङतानको मो. नं. ( ९८६६१२०११३, थप जानकारी लिन सकिने छ ।