हेटौंडा । हेटौंडा–१०,स्थित टिसीएन चौरमा मकवानपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा जारी दोस्रो वृहत् खेलकुद,कृषि तथा पर्यटन महोत्सवमा आज आइतबारबाट मकवानपुर जिल्लास्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । मकवानपुर जिल्ला भलिबल संघको सहकार्यमा सुरु भएको प्रतियोगिताको पहिलो खेलमा थाहा नगरपालिकाको मंगलेश्वर युवा क्लब र हेटौंडा–१५,स्थित सफल केयर क्लबीच प्रतिस्पर्धा भइरहेको छ ।
मकवानपुर जिल्लाभरबाट ८ वटा टिमको सहभागिता रहेको आयोजक समितिका नरेन्द्र मोक्तानले बताए । क्वार्टरफाइनल सम्मको खेल बेष्ट अफ ३ मा हुने र सेमीफाइनको खेल बेष्ट अफ ५ मा हुने उनले बताए ।
प्रतियोगिताको उपाधि विजेता टिमले एक लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । सेमीफाइनलमा पराजित हुने दुई टिमले १५÷१५ हजार रुपैयाँसहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।
यस्तै, प्रतियोगितामा ७ वटा विधाका खेलाडीहरुलाई नगदसहित मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई ५ हजार रुपैयाँ प्रदान गरिने छ भने अन्य उत्कृष्ट लिब्रो, उत्कृष्ट स्पाइकर, उत्कृष्ट ब्लकर, उत्कृष्ट सर्भर, उत्कृष्ट प्रशिक्षक र उद्यान खेलाडीलाई २÷२ हजार रुपैयाँको नगद पुरस्कार प्रदान गरिने छ । महिला भलिबल प्रतियोगिता भने चैत ४ गतेबाट सुरु हुनेछ ।

















प्रतिक्रिया दिनुहोस्