नेकपा एमाले मकवानपुरका उपाध्यक्ष हिदम लामाले कावा अध्यक्षको जिम्मेवारी पाएका छन् ।
नेकपा एमाले द्धारा विज्ञप्ती जारी गर्दै नेकपा एमाले मकवानपुरको ११ औँ अधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका श्रीधर पोखरेल पार्टीको नियमित काम र सम्पर्कमा समेत नरहेको सन्दर्भमा सामाजिक सञ्जालमा सार्वजनिक भएको जिम्मेवारीबाट राजिनामा दिएको” भन्ने अभिव्यक्ति प्रति ध्यानाकर्षण भएको जनाएको हो ।
………………………….
पार्टी अध्यक्ष रहेका पोखरले सामाजिक सञ्जाल फेशबुक मार्फत नेकपा माले हुँदै एमालेको ४५ वर्षे यात्रामा पार्टीले जुन परिणाम भोग्नुपरेको त्यसको कारण के हो भन्ने विषयमा गम्भीर समीक्षा हुन आवश्यक रहेको उल्लेख गरेका हुन् ।
सबैले आफ्नो जिम्मेवारी स्वीकार गर्दै पार्टीलाई जीवित र सुदृढ राख्ने हो भने यस यथार्थलाई आत्मसात् गर्दै जिम्मेवारी लिनैपर्ने आफ्नो अध्यक्ष पदबाट राजीनामा दिने घोषणा लेखेका हुन् ।

यसैविच सचिव सिता विष्ट द्धारा हस्ताक्षर पत्र जारी गर्दै पार्टीको नियमित काम र गतिविधिमा सम्पर्क र सहभागीता नजनाई पार्टीलाई कुनै जानकारी नगरी मौन बसेका अध्यक्ष पोखरेलले निर्वाचन परिणामको विषयलाई लक्षित गरि आफ्नो फेसबुक पेज मार्फत राजिनामा दिईएको अभिव्यक्ति सार्वजनिक गरेको विषयलाई पार्टीले गम्भिरताका साथ लिएको जनाएको हो ।

विषयमा छलफल गर्न मिती २०८२ फाल्गुण २४ गते बसेको जिल्ला सचिवालयको बैठकले पार्टी पंक्ति र सार्वजनिक रूपमा परेको भ्रमको पूर्णरूपमा खण्डन गर्दै श्रीधर पोखरेललाई पदबाट मुक्त गरेर उपाध्यक्ष हिदमलाई कार्यवाहक अध्यक्षको रूपमा जिम्मेवारी दिएको जनाएको हो ।























प्रतिक्रिया दिनुहोस्