हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट मकवानपुर क्षेत्र नम्बर–१ मा उम्मेद्वारी बनेका प्रकाश गौतमले अन्य दलहरुलाई २० हजार भन्दा अधिक मतले पछि पार्दै भारी मतसहित अग्रता बढाउँदै गएका छन् । शनिबार रातिसम्मको मत गणनाको नतीजा अनुसार मकवानपुर–१ मा अन्य नेपाली काँग्रेसका, नेकपा एमाले, उज्यालो नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई भारी मतले पछि पार्दै अग्रत स्थान कायम राखेका छन् । राति १० बजे सम्मको नतीजा अनुसार प्रकाश गौतम ३० हजार ५ सय ६० मतसहित अग्रह
स्थानमा रहेका छन् ।

नेपाली काँग्रेसकी उम्मेद्वार महालक्ष्मी उपाध्याय डीना ७ हजार ३८ मतले दोस्रो स्थानमा रहेका छन् । यस्तै, नेकपा एमालेका रामेश्वर राना ६ हजार ९ सय ८ मतसहित चौंथो, उज्यालो नेपाल पार्टीका सुरेन्द्र लामा ६ हजार २ सय १८ मतसहित चौंथो स्थानमा रहँदा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का दीपकबहादुर सिंह ३ हजार २ सय ३५ मतसहित पाचौं स्थानमा रहेका छन् ।

अहिले सम्मको मत गणना अनुसारको नतीजा अनुसार रास्वपाको जीत सुनिश्चित देखिएको छ ।

रातो समाचार संवाददाता
थप जानकारी