हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट प्रतिनिधि सभा सदस्य पदका लागि मकवानपुर क्षेत्र नम्बर–२ बाट उम्मेद्वार बनेका प्रशान्त उप्रेतीले अग्रता कायमै राखेका छन् । मकवानपुर–२ ११ हजार ८ सय ९७ मत गणना गर्दा २ हजार ७७ मतले अग्रताले अगाडि बढ्दै गएका छन् । २ नम्बर क्षेत्रमा ११ हजार मत गणना हुँदा ४ हजार ३ सय ५६ मत ल्याएका छन् । यस्तै, नेपाली काँग्रेसका बुद्ध लामा २ हजार २ सय ७९ मतले पछि परेका छन् ।
यस्तै, नेकपा एमालेका महेश कुमार बर्तौला हाल सम्म १ हजार ९ सय ५० मत प्राप्त गरेका छन् भने नेपाली कम्युनिष्ट पार्टीबाट उम्मेद्वार बनेका लवशेर विष्टले १ हजार ९९ मत ल्याएका छन् । मकवानपुर बिहीबार सम्पन्न भएको मतदान अनुसार दुई क्षेत्रमा ५९ प्रतिशत मत खसेको थियो । मकवानपुरका दुई क्षेत्रबाट दलीय र स्वतन्त्रगरी ४४ जनाको उम्मेद्वारी परेको छ ।























प्रतिक्रिया दिनुहोस्