प्रेस सेन्टर नेपाल २२ वर्ष पूरा गरी आज बिहीबार २२औँ वर्ष पूरा गरेको अवसरमा संगठनले संगठनलाई मजबुत बनाउन साथ दिने परिवर्तनका पक्षमा कलम चलाउँदै बलिदान दिएका महान् सहिद कृष्ण सेन ‘इच्छुक’ सहित सम्पूर्ण सहिदप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।

२३औँ वर्षमा प्रवेश गरेको क्रममा प्रेस सेन्टर मकवानपुरले स्मरण गर्दै २२ वर्षको यात्रामा संविधानप्रदत्त प्रेस स्वतन्त्रता, श्रमजीवी पत्रकारको हकहित र उत्पीडित जनताको आवाज बुलन्द गर्न निरन्तर क्रियाशील रहने प्रतिबद्धता जनाएको छ ।

सेन्टर मकवानपुरका अध्यक्ष एमपि शर्माको सभाध्यक्षता सामाजिक विकाश बागमती प्रदेश पूर्वमन्त्री तथा नेपाली कम्युनिष्ट  पार्टी केन्द्रिय सदस्य कुमारी मुक्तानको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम गरिएको हो ।

२२ वर्षको यात्रापछि नेकपा (माओवादी केन्द्र) नेकपा (एकीकृत समाजवादी) सहित २० भन्दा बढी वामपन्थी तथा प्रगतिशील शक्तिहरूको एकता भएर अघि बढेको नेपाली कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य, सचिवालय सदस्य, प्रदेश सदस्य लगायतको आतिथ्यता रहेको थियो ।

 

…………………………………………………………………………………………………………………………

प्रेस सेन्टर नेपालको इतिहास:

सम्पूर्ण देशभक्त र प्रगतिशील श्रमजीवी पत्रकारहरुलाई संगठित गर्ने, उनीहरुको हक, हित र अधिकारका लागि काम गर्ने तथा राष्ट्रिय मुक्ति र जनमुक्ति आन्दोलनका पक्षमा प्रचार आन्दोलनलाई संगठित गर्ने लगायतका प्रमुख उद्देश्य राखेर ०६१ पुसमा रोल्पाको इरिबाङमा युद्ध पत्रकारका रुपमा क्रियाशील जनपक्षीय पत्रकारहरुको राष्ट्रिय भेला आयोजना गरियो । माओवादी केन्द्रका अध्यक्ष क. प्रचण्डको प्रमुख आतिथ्यमा सम्पन्न सो भेलाले जनपक्षीय पत्रकारितालाई आन्दोलनात्मक ढंगले अघि लैजाने निर्णय गर्दै क्रान्तिकारी पत्रकारहरुको अलग्गै संगठन निर्माण गर्नुपर्ने आवश्यकता वोध गरायो ।
सो भेला लगत्तै माघ १५ गते रुकुमको लाबाङमा क. महेश्वर दाहालको संयोजकत्वमा २१ सदस्यीय अखिल नेपाल क्रान्तिकारी पत्रकार संघ, नेपाल आयोजक समिति स्थापना भयो । स्थापनापछि संघले जनताको आन्दोलनका पक्षमा जनयुद्धको एक सशक्त मोर्चाको भूमिका निर्वाह गर्यो । जसमा एउटा हातमा कलम र अर्को हातमा बन्दुक बोकेर युद्धका मैदानमा लड्दै गरेका युद्ध संवाददाताहरुको सहभागिता थियो ।
दोस्रो जनआन्दोलनपश्चात् शान्ति प्रक्रियामार्फत् देशको राजनीति नयाँ बाटोमा अघि बढेपछि २०६३ फागुन २९ र ३० गते संघको काठमाडौंमा प्रथम राष्ट्रिय भेला सम्पन्न भयो । भेलाले संगठनको नाम अखिल नेपाल क्रान्तिकारी पत्रकार संघबाट परिमार्जित गरेर क्रान्तिकारी पत्रकार संघ बनायो । सो भेलाले संघको विधान र प्रतिवेदन पारित गर्नुका साथै क. महेश्वर दाहालको नेतृत्वमा ३३ सदस्यीय केन्द्रीय समिति चयन ग¥यो ।
२०६७ फागुन १७ गते क्रान्तिकारी पत्रकार संघको केन्द्रीय एकता भेला सम्पन्न भयो । भेलाले संगठनको विधान संशोधन गर्नुका साथै १०१ सदस्यीय दोस्रो राष्ट्रिय सम्मेलन आयोजक समिति गठन ग¥यो ।
२०७३ जेठ १९ गते क्रान्तिकारी पत्रकार संघ, क्रान्तिकारी पत्रकार महासंघसहित विभिन्न संगठन र व्यक्तिगत ढंगलेसमेत अलग अवस्थामा रहेका क्रान्तिकारी पत्रकारहरुको राष्ट्रिय एकता भेला बस्यो । भेलाले एकीकृत संगठनको नाम प्रेस सेन्टर राख्ने निर्णय ग¥यो ।
अखिल नेपाल क्रान्तिकारी पत्रकार संघ, क्रान्तिकारी पत्रकार संघ र महासंघको निरन्तरतामै प्रेस सेन्टर नेपाल बन्यो । उक्त भेलाले क. गोविन्द आचार्यको संयोजकत्वमा ४९९ सदस्यीय राष्ट्रिय महाधिवेशन आयोजक समिति गठन गर्यो । भेलाले विधानलाई संघीय संरचना बमोजिम संशोधन ग¥यो । भेला पश्चात सातवटा भौगोलिक प्रदेशमा अधिवेशनमार्फत प्रेस सेन्टर नेपालको निर्वाचित कार्यसमितिहरु गठन भए । हाम्रो संगठन संघीयता अनुसार प्रादेशिक संरचनामा जाने पत्रकारहरुको पहिलो संगठन बन्यो ।
सोही भेलाबाट पारित विधानले राज्यको पुनर्संरचनालाई बलियो बनाउने गरी संगठनको संरचनालाई स्थानीय तहसम्म लैजाने महत्वपूर्ण निर्णय ग¥यो । यस निर्णयबाट स्थानीय तहमा पत्रकारहरुको संगठन बनाउने हाम्रो संगठन पहिलो बन्यो ।
२०७३ असोज १३ र १४ गते काठमाडौंमा प्रेस सेन्टर नेपालको एकताको राष्ट्रिय महाधिवेशन सम्पन्न भयो । संगठनका संयोजक क. गोविन्द आचार्यको अध्यक्षता र नेकपा (माओवादी) केन्द्र)का अध्यक्ष कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यतामा भएको एकताको महाधिवेशनले क. महेश्वर दाहालको अध्यक्षतामा ९९ सदस्यीय केन्द्रीय समिति चयन गर्यो । उक्त महाधिवेशनलाई प्रेस सेन्टर नेपालको दोस्रो महाधिवशन मानिएको छ ।
२०७६ पुस १२ गते प्रेस सेन्टर नेपाल र प्रेस चौतारी नेपालको एकताको भेला भयो । दुई संगठनको एकतापछि संगठनको नाम प्रेस संगठन नेपाल रह्यो । प्रेस संगठन नेपालको एकताको प्रथम राष्ट्रिय भेलाबाट प्रेस सेन्टर नेपालका अध्यक्ष क. महेश्वर दाहालको संयोजकत्वमा २४९ सदस्यीय केन्द्रीय समिति र लेखा तथा अनुशासन आयोग गठन ग¥यो । संगठनको सहसंयोजकमा प्रेस चौतारी नेपालका अध्यक्ष क. गणेश बस्नेत रहनुभयो ।
प्रेस संगठन नेपालको प्रथम एकता भेला प्रेस सेन्टरका अध्यक्ष क. महेश्वर दाहालको अध्यक्षतामा भएको र सो भेलाबाट क. महेश्वर दाहाल संयोजकमा चुनिनुभएकोले उक्त भेलालाई प्रेस सेन्टर नेपालको तेस्रो महाधिवेशनको रुपमा लिइएको छ ।

……………………………………………………………………………………………………………………….

पुनर्गठन र पुनः प्रेस सेन्टर नेपाल

प्रेस संगठन नेपालको गठन भएको एकवर्षपछि तात्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ पुस ५ गते प्रतिनिधिसभाको विघटन गरे । उक्त विघटनलाई प्रेस संगठन नेपालले असंवैधानिक र प्रतिगामी भएको ठहर ग¥यो । र, प्रेस संगठनले प्रतिगमनको विरुद्धमा सबै प्रकारको संघर्ष ग¥यो ।
प्रेस संगठनभित्रको सानो समूहले प्रतिनिधिसभा विघटनलाई सही भन्यो । सोही एजेण्डामा संगठनका सहसंयोजक गणेश बस्नेतले आफ्नो संयोजकत्वमा सानो समूह लिएर प्रेस संगठनको घोषणा गरे । र, उनले प्रेस संगठनमा विभाजन ल्याए । संगठनबाट बस्नेतसहित केही बाहिरिएपछि २०७७ फागुन ११ गते प्रेस संगठन नेपालको केन्द्र, प्रदेश र जिल्लाका सबै समितिहरुको पुनर्गठन भयो ।
२०७७ फागुन २३ गते सर्वोच्च अदालतले नेकपालाई भंग गर्दै नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) पुनस्र्थापित गरिदिएपछि प्रेस संगठन नेपालको पुनर्गठित समितिमा रहनुभएका तात्कालीन प्रेस चौतारी नेपालबाट एकतामा जोडिनुभएका साथीहरु प्रेस संगठन नेपालबाट अलग हुनुभयो । हामीले हाम्रै नेतृत्वमा रहेकाले नेकपा (माओवादी केन्द्र)को पुनस्र्थापना भएपछि पनि संगठनको नाम प्रेस संगठन नेपाल नै कायम गरेर संगठनात्मक गतिविधि अगाडि बढायौँ ।
संगठनको महाधिवेशन तयारीका सम्बन्धमा प्रेस संगठन नेपालको केन्द्रीय समितिको बैठक २०७८ असोज १६ गते काठमाडौंमा बस्यो । बैठकले संगठनको केन्द्रीय समितिलाई चौथो महाधिवेशन आयोजक समितिमा रुपान्तरण गर्दै प्रेस संगठन नेपालको नामलाई परिवर्तित गरी पुनः प्रेस सेन्टर नेपाल रहने गरी संगठनको अन्तरिम विधान पारित गर्यो । क. महेश्वर दाहालको संयोजकत्वमा आयोजक समिति गठन गरियो ।
संगठनको चौंथो महाधिवेशन २०७८ मंसिर १८ देखि १९ सम चितवनको भरतपुरमा सम्पन्न भयो । महधिवेशनले विष्णु सापकोटा जुगलको नेतृत्वमा १ सय ९९ सदस्यीय केन्द्रीय समिति निर्वाचित गर्यो । त्यसैगरी संगठनको २०७९ साउन १३ र १४ गते काठमाडौंमा सम्पन दोश्रो पूर्ण बैठकबाट महासचिवमा सन्तोष पौडेल सहित १ बरिष्ठ उपाध्यक्ष, १९ उपाध्यक्ष, १० उपमहासचिव, २६ सचिव, १ कोषाध्यक्ष र एक सह कोषाध्यक्ष रहेको ६१ सदस्यीय पदाधिकारी चयन गर्यो 

यो लेखलाई प्रेस सेन्टर नेपाल – https://presscentre.org/aboutus

बाट साभार गरिएको हो ।