मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर ९ स्थित कोखारीमा आधारभूत स्वास्थ्य सेवा केन्द्रको भवन उद्घाटन गरिएको छ ।
बागमती प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजाले शुक्रबार उक्त भवनको उद्घाटन गरेका हुन् ।
शिक्षा, स्वास्थ्य, यातायात, पूर्वाधारलगायतको क्षेत्रमा महत्वपूर्ण काम भएसंगै राक्सिराङ गाउँपालिका विकासका धेरै काम गर्न सफल भएकोमा राज्यमन्त्री प्रजाले प्रशंसा गरे ।
आफ्नो कार्यकालमा पनि राक्सिराङमा प्रयाप्त बजेट छुट्याउने प्रतिवद्धता समेत उनले जनाए ।
गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले गाउँपालिकाको बजेटले धान्न नसकेका योजनाहरु प्रदेशबाट छुट्याउन राज्यमन्त्री प्रजालाई आग्रह गरेका छन् ।
विकासका काममा समस्या संगै चुनौतीहरु धेरै रहेको बताउदै सबैको साथ र सहयोग लिएर राक्सिराङको निमित्त आफूले सक्ने काम गरेको बताए।
राक्सिराङ गाउँपालिका ९ नम्बर वडामा अध्यक्ष रामकुमार बाल्पा थिङको सभाध्यक्षतामा कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गर्तौला, बागेश्वरी आधारभूत विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजन मल्ल ठकुरी, राज्यमन्त्रीका निजी सचिव खेम चेपाङ, कोखारी स्वास्थ्य सेवा केन्द्रका कर्मचारी जीवन ठकुरी, निर्माण व्यवसायीका प्रतिनिधि बालकृष्ण खत्रीलगायतले खुसी व्यक्त गरेका थिए ।
राक्सिराङका विभिन्न वडामा स्वास्थ्य ईकाईका पक्की भवन निर्माण गर्ने क्रममा कोखारीमा करिब ३८ लाख रुपैयाँ लागतमा निर्मित स्वास्थ्य सेवा केन्द्र भवनको ईकाईको भवन निर्माण गरिएको हो ।























प्रतिक्रिया दिनुहोस्