मकवानपुर शारीरिक सुगठन तथा फिटनेस संघ मकवानपुरको आयोजनामा चौथो मिस्टर मकवानपुर २०८२ हुने भएको छ ।
बुधाबार पत्रकार सम्मेलनको आयोजना गर्दै २०६४ सालमा स्थापना भएर शारीरिक सुगठन तथा फिटनेस सम्बन्धी विभिन्न कार्य गर्दै आइरहेसंगै यस वर्ष पनि सोही कार्यक्रमलाई निरन्तरता दिएको
उपाधयक्ष तथा कार्यक्रमका संयोजक सुनिल लोप्चनले बताए ।
कार्यक्रमहरुलाई निरन्तरता दिँदै यस वर्ष पनि सहभागी जनाउन ईच्छुक खेलाडीहरुले मिति २०८१ वैशाख १० गतेदेखि १७ गते भित्रमा सम्बन्धित क्लबको सिफारिस र आवश्यक कागजात सहित खेलाडी दर्ता गराउनु पर्ने अध्यक्ष राजेश भेटुवालले बताए ।
मिस्टर मकवानपुरसँगै बेष्ट फिजिक्स वुमन्सय च्याम्पियनसीप, दोस्रो मिस्टर मकवानपुर भेट्रान्स र प्रथम मेन्स फिजिक्स च्याम्पियनसीप समेत आयोजना गरिने बताए।
अध्यक्ष भेटुवालले बताए अनुसार हेटौंडा–४ स्थित ओम्याक्स सिनेहलमा वैशाख २० गते हुनेछ ।
प्रतियोगितामा करिब २० लाख रुपैयाँ खर्च अनुमान गरिएको प्रतियोगिताका लागि हेटौंडा उपमहानगरपालिका, हेटौंडा स्कुल अफ म्यानेजमेन्ट र विभिन्न स्थानीय तहबाट सहयोग प्राप्त हुने छ।
प्रतिक्रिया दिनुहोस्