नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवं मकवानपुर जिल्ला ईन्चार्ज विजय गौतमले औचित्य हिन राजतन्त्रको विषयमा कोही पनि अलमल्लिन नहुने बताएका छन्।

माओवादी केन्द्र निकट नेपाल दलित मुक्ति मोर्चा मकवानपुरको विस्तारित बैठक एवं प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै मुलुकमा सुशासन, सम्बृद्धिको महाबहस हुनुपर्ने बेलामा केहीथान राजाबादीहरुले रहर गरेर मुलुकको आजको समस्या र आवश्यक्ता भन्दा बाहिरको बहस गरेको बताए ।

आज सतहमा देखापरेका भ्रष्ट्राचार, विकृती र विसंगति औंल्याएर एकथरीहरुले राजतन्त्रलाई विकल्पको रुपमा चित्रित गर्दै भ्रम छरेको जिकिर गरे ।

गौतमले भने “अहिले मुलुकलाई अगाडी बढाउन सुशासन र सम्बृद्धिको आवश्यक बहस गर्नुपर्ने आवश्यक्ता छ ।युवाहरुद्धारा सडकमा प्रतिवाद गराउदै राजतन्त्र आवाश्यक भन्दै अवान्छित हर्कतले देश छोड्नु पर्ने अवस्था आउने  छ।”

कार्यक्रमलाई सम्बोधन गर्दै मोर्चाको केन्द्रीय उपाध्यक्ष एवं बिशेष अतिथि अमरबहादुर बिकले विगतमा राजतन्त्रको शासनले भोग्नु परेको पिडा, राजतन्त्रको शासनले भोग्नु परेको पिडा लगायतका समस्या अन्त्य गर्दै ल्याइएको व्यवस्था कायमका लागि अघि बढ्नुपर्ने बताए ।
राजतन्त्र ल्यायने बाहानामा पूर्व राजाले अत्यन्त खराब परिस्थिति ब्यहोर्नुपर्ने बिकको भनाइ छ ।

सोही क्रममा नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश उपाध्यक्ष एवं बागमती प्रदेश सभा सदस्य प्रेम पहादुर पुलामीले जनताले रगतसॅंग साटेर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्रलाई केही व्यक्तीहरुले राजा चाहदैमा असम्भव नरहने बताए ।

नेकपा (माओवादी केन्द्र) बागमति प्रदेश सचिवालय सदस्य ललित घलान, मोर्चाकी जिल्ला ईन्चार्ज कमला विक, जिल्ला अध्यक्ष जमिन दियाली लगायतले राजतन्त्र आजको आवाश्यक्ता नभएको बताएका थिए ।
नेपाल दलित मुक्ति मोर्चाको केन्द्रीय उपमहासचिव गणेश विकले बैचारिक प्रशिक्षण चलाएका हुन् ।