
यही फागुन २९ गते होली पर्वको अवसर पारेर २ नेपाली चलचित्रहरु ‘अन्जिला’ र आउटल : दफा २१९ प्रर्दशनमा आएको ।
त्यस्तैगरि चैत्र १ गतेदेखि चलत्रि “राजागंग” पनि प्रर्दशनमा आएको हो । यसअघिनै प्रर्दशनमा आएको “होस्टेल ३” पनि दर्शमाझ चम्किरहेकै छ ।
हेर्ने हो भने सबै चलचित्र एकदमै राम्रो बनेका छन् । कुनै चलचित्रलाई नराम्रो भन्न सकिने मेरो आकलनमा छैन ।
………………………………………………………….
नेपाली फिल्म निर्देशन गरेर अन्तर्राष्ट्रिय रूपमा परिचित भएका निर्देशक दीपक रौनियारका र्चैत्र १ गतेदेखि प्रर्दशनमा आएको नेपाली चलचित्र ‘राजागंज’ को कुरा गरौँ ।
लैंगिक सामाजिक विभेद, शैक्षिक र राजनीतिक क्षेत्रका बिभिन्न विसंगति संगसंगै अपराध र अपराध अनुसन्धानलाई मार्मिक चित्रण गरेको छ ।
फिल्म निर्माणमा भारतीय निर्देशक अनुराग कश्यप, निर्देशक रामबाबु गुरुङ, अभिनेता दयाहाङ राईले सहकार्य गरेको बताइएको छ ।
मनोरञ्जन खोज्ने दर्शकलाई मन नपर्न सक्छ। तर, दिमागलाई जोड दिएर हेर्ने हो भने राजागंगको गहिराइमा पुग्न सकिन्छ ।
महिला र पुरुष, कालो र सेतो, मधेशबासी र पहाडी, धनी र गरिब, नेता र जनता अन्तरद्वन्द्वले भरिएको तनावको घटनाक्रमलाई देखाइएको छ । यसै विचमा ‘तराईको सौन्दर्य, संस्कृति ‘राजागंज’ समावेस छ ।
अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा चर्चा बटुलेका निर्देशक रौनियारको राजागंज नेपालमा भने केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) ले ‘सामाजिक सद्भाव भड्किने’ भन्दै केही विवादमा पनि आएको हो ।
नेपाल र भारतको सीमावर्ती सहरमा अपहरणमा परेका दुई बालकलाई मुक्त गराउन प्रहरीले गरेको खोजी केन्द्रित गर्दै गर्दा
मधेसमा महिला कार्यकारी हुँदाको परिस्थिति र भोग्नुपर्ने समस्यालाई देखाउने कोसिस गज्जब छ ।
फिल्म ‘कबड्डी’ र ‘जारी’ सँगै अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा छानिएका ‘हाइवे’, ‘सेतो सूर्य’, ‘गाउँ आएको बाटो’ लगायतमा पनि काम गरिसकेका दयाहाङ राइको अभिनय ‘राजागंज’ मा अलि फरकै छ ।
अभिनेता दयाहाङ एसपी बनेको भूमिकाको तरिफ गर्नै पर्ने हुन्छ।
पुर्ण बहादुरको सारंगीमा चर्चा बटुलेका विजय बराल, आशा मगराती र बिराजभट्टको साङ्लोमा अभिनय गरेकी निकिता चाण्डक मार्फत प्रहरी भित्रका राम्रा र नराम्रा पक्ष केलाइएका छन्।
विश्वास गरेर जिम्मेवारी दिने हो भने मधेशी महिला प्रहरीमा सक्षम अधिकृत बन्न सक्छन् भन्ने सन्देश प्रस्तुत गरिएको छ।
नेतृत्व क्षमता र कार्य क्षमतामा अब्बल हुँदाहुँदै पनि महिलाहरू दबाबमा रहेको यथार्थ प्रहरी अधिकृत पूजाबाट प्रस्तुत
मधेशका समस्या र विभेदलाई केन्द्रमा राखेको फिल्ममा कलाकारको अभिनय र प्राविधिक विषय गज्बै छ ।
२०७२ सालमा नयाँ संविधान जारी हुनुअघि मधेशमा चर्किएको आन्दोलन र दुई बालकको अपहरणको कथा, कथाभित्र मधेशको संस्कृति, विकृतिदेखि मधेशप्रति राज्यको हेपाहा दृष्टिकोण लगायत विविध आयाम समेटिएको ‘राजागंज’ प्रहरीको कथामा पटकथा तयार गरेर मधेसको संस्कृति, विविधता, महिला र तेस्रोलिंगीको विषय विभेदलगायत पनि उठाउन खोजेको छ।महिला प्रहरी अधिकृतको कथामा देखाइएको उत्कृष्ट फिल्म लागेको छ ।
……………………………………………………………………………………………………
हेटौंडामा हेर्न चाहनेहरुका NS cinemas, Narayani Mall Hetauda -4
लागि थप जानकारी लिन 057-520949
………………………………………………………………………………………………….
मधेशकै सांसदका छोरा र प्रधानाध्यापकका छोरा अपहरणमा पर्छन्।
२ बालक अपरहरणमा परे ? कसरी, किन र केका लागि ? अपहरणकारीको माग के हो ? यसको गहन ढङ्ले खोजी देखाइएको छ ।
बालक अपहरणको घटना भएपछि बालको सकुकसल फर्काउन विशेष जिम्मेवारीमा पुजा थापको आगमन हुन्छ ।
प्रहरी प्रमुखको भूमिकामा रहेका दयाको आदेश अनि बालक फर्काउने जिम्मेवारीमा आएकी पुजाको साथमा विजय निकिता र विजय संगै हुन्छन् ।
अपहरणमा परेका बालकको उद्धारका लागि खटिएकी प्रहरी अधिकृत पूजा थापा (आशा मगराती) बाट अघि बढ्छ कथा ।
आशा फिल्ममा पूजा थापा सरका रूपमा सशक्त अभिनय गरेकी छन्।
विद्यालयकी प्रधानाध्यापक बनेकी छिन् ऋचा शर्मा । आरती मण्डल र अर्को बालककी आमा बनेकी पशुपति राईको अभिनय पनि दमदार छ ।
व्यक्तिगत रिसइबीका कारण बदलाको भावले बालक अपहरण भएको घटना अनि पहाडी र मधेशी समुदायबीच विवादको उत्पति देखाउन खोजिएको छ।
‘राजागंज’ मा अर्को कुरा प्रहरीमा हुने विकृति, दबाब र प्रभावको चलखेल अनि प्रहरी भित्रका राम्रा र नराम्रा पक्ष केलाइएका छन्।
प्रहरी अधिकृत, प्रधानाध्यापकसँगै अपहरणकारीको भूमिकामा समेत महिला नै छन्।
प्रहरीले खोजी गर्दै गर्दा हरेक क्लुलाई पछ्याएको समयमा व्याकराउण्ड म्युजिक, कलर अनि त्यतिबेलाको फिल अचम्मको हुन्छ। दृश्य हेर्ने हो भने फिल्ममा धेरै कुरा पाइन्छ ।
अपहरणमा परेको बाललाई कसरी उद्धार गर्ने भन्दै गर्दा विचमा प्रहरीमाथिको बाध्यता झडप अनि प्रहरी माथि पनि प्रहार हुँदा यर्थाथ लाग्छ । प्रहरीलाई कुनै शक्तिमानकै रुपमा प्रस्तुत गरिएको छैन । आम मानिस कै रुपमा प्रस्तुत गरिएको छ । त्याहाँ कुनै बनावटी दृष्य पाइदैन ।
बालक अपहरणमा पर्दै गर्दा पिरौतीमा कथाले लिएको मोडले केही तरंग दिन्छ ।
हरेक अवस्थाको मुमेन्ट क्यामारामा कैद भएका हरेक दृष्य, मधेशमा विपन्न वर्ग क्षेत्रमा देखिने घर, अवस्था आगन्तुकहरुसंग बोल्न नचाहने, अझ भनौँ कोही देखेमा महिलनहरु तर्कने, मधेशमा बन्ने खाना परिकार स्वादका कुराहरु समेत अटाएको छ ।
फिल्मको अन्तयमा अपहरणकारी भनेर प्रहरीले सार्वजनिक गरेर पत्रकार सम्मेलन गर्दैगर्दा जिज्ञासु भएर प्रश्न गर्दै गर्दा केही सफलतामा पनि असफलताको अनूभुत प्रस्तुत गरिएको छ ।
आफुभन्दा माथिल्लो तहबाट बोल्न नपाइदाको पिडाको सामाना खुलेरै गर्न नपाइदा भएको खल्लो समेत समावेश छन् ।
फिल्म हेरिरहदा दिामगलाई जोड दिनै पर्ने हुन्छ । किनकी दर्शलाई मनोरञ्जनका लागि नभएर यर्थाथ देखाउने प्रयास निर्देशकको हो भन्ने मेरो बुझाइमा छ ।
सामाजिक तथा राजनीतिक विषय मिश्रित ‘क्राइम थ्रिलर’ जनराको फिल्म सफल म भन्न सक्छु ।
राजेश गरिब / हेटौंडा
……………………………………….
चलचित्रमा दयाहाङ राई आशा मगराती, विजय बराल, गौमाया गुरुङ, पशुपति राई, पूर्वमिस नेपाल निकिता चाण्डक, पुष्पा यादव, आरती मण्डल, घनश्याम मिश्र, परमेश्वरकुमार झा, नीरज श्रेष्ठलगायत कलाकारको अभिनय रहेको छ । नेपलमा सार्वजनिक प्रदर्शन अगावै भेनिस, ह्याम्बर्ग, बुसान र मुम्बईजस्ता अन्तरराष्ट्रिय चलचित्र महोत्सवमा ‘राजागञ्ज’ छनोट भएर प्रदर्शन भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस्