हेटौंडा/जिल्ला प्रशासन मकवानपुरमा पहिलो महिला प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले सहि सुचना सम्प्रेषण गरी जिल्लामा सुधारका निम्ति साथ दिन आग्रह गरेकी छिन् ।

गएको फाल्गुन १५ देखि प्रमुख जिल्ला अधिकारी मकवानपुरको जिम्मेवारी सम्हालेसंगै आईतबार सञ्चारकर्मीहरुसँगको  भेटघाट कार्यक्रममा  सुधारका निम्ति साथ दिन आग्रह गर्दै समाजमा भएका गतिबिधहरु लेख्दै गर्दा लेख्नै पर्ने कुरा लेख्न र नलेख्न पर्ने कुरा नलेख्नुपर्ने  बताईन् ।

कार्यक्रममा सञ्चारकर्मीहरुसंग बोल्दै समाचार सम्प्रेषण गर्दैगर्दा सहि सुचनाको आधारमा रहेर गलत गतिबिधिका बिरुद्ध  प्रमुख जिल्ला अधिकारी, प्रहरी या जो कोही भएपनि निर्धक्क भएर लेख्नुपर्ने प्रमुख जिल्ला अधिकारी श्रेष्ठको भनाइ छ  ।

जिल्लामा रहेसंगै नागरिकलाई प्रशासनले दिने सेवा दिन हरपल तयार रहेको र विभिन्न एनजिओहरुको भेला सम्मेलन र निजि कार्यक्रममा सहभागी नहुने बताइन् ।

एनजिओ हरुले आयोजना गरेको कार्यक्रमहरुमा सहभागी जनाउदा प्रशासनले गर्नुपर्ने काममा र दिनुपर्ने सेवामा ढिलाई हुने, सुन्नेपर्नेहरुको गुनासो सुन्न नपाइने, विकास निर्माणका कार्यहरुमा हेर्न जान नपाइने भएको बताएकी हुन् ।

आफु प्रमुख जिल्ला अधिकारी मात्रै एनजीओको कार्यक्रममा अधि सहभागी भए भन्ने हटाउन र नागरिकको सेवामै रहन पर्छ भन्ने योजना अघि सारिएको श्रेष्ठले बताइन् ।

आफु नियमनकारी भूमिकामा रहेको जनगुनासो सून्ने भएपनि प्रशासनको कर्मचारी भएकाले आफुहरुलाई पनि आएको आदेश अनुसार नै केही स्थानमा सहभागी नहुने भन्दै गर्दा जिल्ला प्रशासनको निगरानी भने हरेक गतिबिधमा रहने बताइन् ।

उनले आफु जिल्लाकै भएपनि नातावादलाई पछि राखे कामगर्ने सोच भएकाले प्रमुख जिल्ला अधिकारी हो भनेर सकारात्मक काम गर्न सहयोग गर्न  र काम कार्वाहीमा अझ  जिम्मेवार बनाउन प्रशासनका गतिविधिलाई खबरदारी गर्न ,  जनतासमक्ष पुर्‍याउन प्रमुख जिल्ला जिल्ला अधिकारी श्रेष्ठले आग्रह गरेकी हुन् ।

कार्यक्रममा लागुऔषध र्दुव्यसनी न्युनिकरण, अवैध क्रसर उद्योग सञ्चालन, ट्राफिक नियमको उलङ्घन, खानी दोहन, यौनजन्य कार्यको विकृति लगायतका विषयमा प्रजिअ श्रेष्ठलाई सञ्चारकर्मीहरुले ध्यानाकर्षण गराएका हुन् ।