हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१० वडा कार्यालयको आयोजनामा दोस्रो घरेलु उत्पादन प्रवर्द्धन प्रदर्शनी तथा नृत्य प्रतियोगिता एवम् शैक्षिक मेला -२०८ कार्यक्रम गर्ने तयारीमा जुटेको छ ।

दोश्रो घरेलु उत्पादन प्रर्दशनी तथा साँस्कृतिक कार्यक्रम माघ ११ र १२ गते गरिने भएको हेटौंडा १० का वडाध्यक्ष फूर्वा दोर्जे तामाङ्गले बताएका छन् ।

यस अघि गएको वर्ष २०८० पुष २ गतेदेखि २ दिने घरेलु उत्पादन प्रर्दशनी तथा नृत्य प्रतियोगिताको सकारामत्मक प्रतिक्रियाका कारण दोस्रो कार्यक्रम गरिएको बताएका हुन् ।

गएको वर्ष प्रदर्शनीमा ३० वटा स्टलहरू राखि स्टलहरू निःशुल्क उपलब्ध गराइएको थियो । सबैको साथ सहयोग र उत्साहाले गर्दा फेरिपनि कार्यक्रम गरिन लागेको बताए ।

यनले नगरका व्यवसायीलाई स्वरोजगार बनाउने अभियानलाई गलत भन्नत नमिल्ने र उपमहानगर भित्रका सबै वडाहरुका हस्तकला, कृषि उपजहरुको प्रदर्शनी तथा बिक्री गरिने र निःशुल्क १ सय स्टल राखिने बताए ।

बताउदै स्थानीय उत्पादित वस्तुको प्रबद्र्धन, बजारीकरण गर्नका लागि उत्प्रेरित गराउन कार्यक्रमको गर्न लागिएको बताएका हुन् ।
अनुमानित १० लाख खर्च हुने अनुमान रहेको प्रदर्शनीमा स्थानीय जातजातिको भेषभुषा र सँस्कृति झल्किने बिबिध साँस्कृतिक प्रतियोगिता र कार्यक्रमहरु समेत गरिने बताएका छन् ।

वडाध्यक्ष  वडाध्यक्ष फूर्वा दोर्जे तामाङ्ग भन्छन्   “हेटौंडा –१० मा आयोजित दोस्रो घरेलु उत्पादन प्रवर्द्धन प्रदर्शनी तथा नृत्य प्रतियोगिता एवम् शैक्षिक मेला -२०८१ ले स्वरोजगार बन्न टेवा पुग्छ ।”