
हेटौंडा – १२ खेलकुद विकास समितिको आयोजनामा प्रथम हेटौंडा -१२ वडा अध्यक्ष कप खुल्ला पुरुष भलिबल प्रतियोगिता २०८१ हुने भएको छ।
मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै हेटौंडा उपमहानगर १२ को सहयोग रहेटौंडा १० स्थित तुलसी मेहर मेमोरीयल आवासिय माबि नारायणी कलेजको मूख्य प्रायोजनमा आगामी माघ १६ गतेदेखि १९ गतेसम्म हेटौंडा १२ स्थित श्री वुढु मावि हात्तीगौंडामा प्रतियोगिता हुने भएको बताइएको हो ।
शिक्षासंगै बिभिन्न गतिबिधि र खेलकुदका लागि पनि चासो दिदै आएको र यसपटक पनि भलिबल प्रतियोगिताका लागि मुख्य प्रायोजकका रुपमा अघि सरेको कलेजले जनाएको हो ।
नेपालको राष्ट्रिय खेल भलिबलको गतिविधि बढाउन, भलिबल खेलको बिकास, विस्तार र प्रवर्द्धन गर्न र हेटौंडा १२ को प्रतिष्ठा पहिचानका लागि कार्यक्रमको आयोजना गरिएको प्रतियोगिता संयोजक मनोज लामा स्याङतानले बताए ।
प्रतियोगिताका संयोजक मनोज लामाले दिएको जानकारी अनुसार प्रतियोगिता आयोजनाका लागि वडा कार्यालयले एक लाख २५ हजार रुपैयाँ विनियोजन हुने छ ।
हेटौंडा उपमहानगर भित्रका वडाहरूले मात्र सहभागिता जनाउन पाउने खेललाई अझै स्तरिय होस भन्ने हेतुले प्रत्येक टिमले आफ्नो वडाभन्दा बाहिरका बढिमा ३ जना मकवानपुर जिल्लाभरिका खेलाडिहरु समावेश गराउन पाईने बताए ।
१३ वटा भन्दा वढि टिमको सहभागिता हुने अनुमान संगै करिब ३ लाख लागत अनुमान गरिएको प्रतियोगितामा विजेताले ५० हजार उपविजेताले ३० हजार शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन । त्यस्तैगरि उत्कृष्ट विधाहरूलाई पनि नगद तथा ट्रफीले सम्मानित गरिने बताए ।
प्रत्येक टिममा १२ जना खेलाडीका साथ १/१ जना टिम प्रशिक्षक र टिम मेनेजर गरि जम्मा १४ जनासम्म हुनुपर्ने नियम बनाइएको बताए ।
४ दिनसम्म चल्ने प्रतियोगितालाई थप रोचक बनाउन स्थानिय कलाकारहरूको नृत्य प्रस्तुती पनि रहने बताएका हुन् ।
पत्रकार सम्मेलनमा नारायणी कलेजका प्राचार्य रघुनाथ खराल, १२ नम्बर वडा खेलकुद विकास समितिका अध्यक्ष दिनेश चौलागाईं लगायतको आतिथ्य रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्